Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
एकीकृत नेकपा माओवादीका कार्यकर्ता घरदैलो अभियान

पाल्पा, ६ कार्तिक । एकीकृत नेकपा माओवादी पाल्पा निर्वाचन क्षेत्र २ ले संविधान सभा निर्वाचन सफल बनाउनका लागि मस्याम गाविसमा घरदैलो अभियान संचालन गरेको छ । एमाओवादीका जिल्ला सदस्य खुमबहादुर विश्वकर्मा केशर कार्की, नारायण कार्की, शुकदेव पाण्डे, सिता राना लगायतको टोलीले घरदैलो अभियान र चुनावी प्रसार तीव्र पारेका छन् ।
सो टोलीले मतदान कसरी गर्ने, मत बदर हुनबाट बचाउने तरीका समेत सिकाएका छन् ।

उनीहरुले गोलाकारभित्र हसिया र हथौरामा मतदान गरी एकीकृत नेकपा माओवादी पाल्पा निर्वाचन क्षेत्र २ का उम्मेदवार बसन्त शर्मा कुशललाई विजय बनाउनका लागि अनुरोध गरेका छन् । यता जिल्लाका तेल्घामा पनि एकीकृत नेकपा माओवादी घरदैलो अभियान र चुनावी प्रसारलाई तीव्रता दिएका छन् ।

0 comments

तपाईंको प्रतिकृया