Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
नया“ उत्साह, नया“ व्यवस्थापनका साथ सुपर खबर डटकम

अहिले सूचना प्रविधिको विकासले विश्वलाई एकै स्थानमा जोडेको छ । विश्वको हरेक कुना कन्दराहरुका सूचनाहरु संचार प्रविधिमार्फत एकैछिनमा जानकारी पाउन सकिने भएको छ ।
सूचनाले ज्ञान मनोरञ्जन मात्र होईन विचार, दृष्टिकोण वनाउनु पनि उत्तिकै भूमिका खेल्ने गर्दछ । त्यसैले मानिसलाई सूचना जानकारी पाउने संचार माध्यम आधारभूत आवश्यकता जस्तै भई सकेको छ । मानिसको यही आधारभूत सावित आवश्यकता पूर्तिको लागि धेरै संचार माध्यमहरुको विकास भएको छ । एकैपटक ठूलो मासमा निरन्तर सूचना मनोरञ्जन प्रदान गर्नको लागि मिडियाहरुको सञ्चालनमा आएका छन् ।
कुनै समयमा छापा माध्यमको पत्रकारिताको प्रभावकारिता बढी थियो । कुनै समय विद्युतीय संचार माध्यममध्येको एफ.एम तथा टेलिभिजन पत्रकारिताको । इन्टरनेटको विकासले अहिले विद्युतीय मिडियाअन्तर्गत अनलाईन समाचार पोर्टलले राम्रो स्थान लिएको छ । इन्टरनेटको द्रूत विकासले यो सम्भव तुल्याएको छ । समयको माग र आवश्यकतालाई हृदय गरी ‘सुपर खबर डट कम’ संचालनमा ल्याएका छौं । यद्यपि यो पहिलो प्रयास होइन, परीक्षण संस्करणका धेरै डिजिटल अंकहरु आमदर्शकहरुलाई पस्कँदै आएको सन्दर्भमा सुपर खबर डटकमलाई नया“ व्यवस्थापन र नया“ स्वरुपमा लैजाने जमर्काे गरेका हौं । ‘सत्य, तथ्य र निष्पक्षताको आधार , मर्यादित पत्रकारिताको पूर्वाधार’ स्लोगनका साथ शुभारम्भ गरेका छौं । हामीले के विश्वास दिलाउन चाहन्छौं भने सबै जातजाति धर्म भाषी र उत्पीडनमा परेका वर्गको हितमा हाम्रो प्रयास जारी रहने छ । जनताको नया“ संविधान र नया“ नेपालको निर्माण अभियानमा यो समाचार अनलाईन साईटले एउटा इटा पक्कै थप्नेछ । हामीलाई यहा“सम्म आईपुग्न तपाईहरुको अपार माया र साथले सम्भव भएको छ । आगामी दिनहरुमा पनि यो न्यानो साथ र दरिलो हातहरुको अपेक्षा गर्दछौं।
प्रधान सम्पादक


0 comments

तपाईंको प्रतिकृया