Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
अबको चुनाबमा एमाओबादीको स्पष्ट बहुमत केन्द्रिय सदस्य कुशल

पाल्पा, १५ कार्तिक । एकीकृत नेकपा माओवादीका केन्द्रिय सदस्य तथा पाल्पा निर्वाचन क्षेत्र २ का उम्मेदवार बसन्त शर्मा कुशलले संविधान सभा निर्वाचनमा स्पष्ट बहुमत आउने बताएका छन् । झडेवा गाविसको देउगीरमा चुनावी प्रसारका लागि कार्यालय उद्घाटन गर्दै नेता शर्माले एकीकृत नेकपा माओवादीले ३ सय ३५ देखि ३ सय ६० सिट जित्ने लहर देखिएको बताए ।

संविधान सभा निर्वाचनपछि एमाओवादीकोनेतृत्वमा सरकार बन्ने दावी गर्दै भने अब राष्ट्रपति, उपराष्ट्रपति, सभामुख एमाओवादीकै हुने बताएका छन् ।देशलाई स्थिर सरकार संचालनका लागि कार्यकारी राष्ट्रपतिय शासन प्रणाली लागु गर्न सकेको अवस्थमा सरकार विघटनको चलखेल अन्त्य हुने समेत शर्माले बताए । ५ वर्ष सम्म एउटै सरकारले का मगर्न पाएको अवस्थमा देशको विकास हुने बताए ।

उनले भने यो व्यवस्था एमाले काग्रेसले मानेका छैन । उनीलहरु सरकार निर्माण, विघटनकै खेलमा २० वर्ष बिताएपनि देशको विकास गर्न नसकेको उनले बताएका हुन ।अहिले एमाओवदीको पक्षमा जनलहर देखिएकोले कांग्रेस एकालेका नेताहरू अत्तालिएका बताए ।नेपाली कांग्रेस र एमालेले २० वर्ष सम्म सरकारमा बसेर पनि गर्न नसकेका कामहरू एमाओवादीको नौ महिने सरकारले नै धेरै राम्रो काम गरेको बताएका हुन । एमाले कांग्रेसले माओवादीले राम्रो काम गर्दा जनता माओवादीको पक्षमा उभिने भएपछि विरोध मात्र गरेको छन् । तर, एमाओवादीले गरेको राम्रा कामको बारेमा जनताले बुझेको शर्माले बताए ।

यसैबीच मंगलबार झडेवा गाविसको वडा नम्वर ६ मा उम्मेदवार शर्माले घरदैलो अभियान गरेका छन् । उनले गोलकारभित्र हसियाँ हथौडामा मतदान गर्न आग्रह गरेका छन् । यता गोठादी गाविसको सातपोखरी र माथामा पनि घरदैलो अभियान गरेका छन् ।घर घरमा एमाओवादीका उम्मेदवारी पुग्दा स्थानीयबासिन्दा निकै खुसी बनेका थिए । उम्मेदवार शर्मालाई फुलमालाले लगाएर गाउँ प्रवेश गराएका थिए । यता गोठादी गाविसका नेकपा–माओवादीका सक्रिय कार्यकर्तालेपनि एकीकृत नेकपा माओवादीलाई संविधान सभा निर्वाचनमा मतदान गर्ने गरी सहयोग गर्ने बताएका छन ।

0 comments

तपाईंको प्रतिकृया