बुटवल १५ कात्तिक –एकिकृत नेकपा माओवादीका केन्द्रिय सदस्य तथा रुपन्देही क्षेत्र नं ५का उम्मेदवार दधिराम न्यौपाने (माधव शर्मा )ले एमाओवादीको जित सुनिश्चित भएको बताएका छन ।
घरदैलोको कार्यक्रम अन्तर्गत विहिवार दुधराक्ष,गजेडी,सालझण्डिका विभिन्न वडाहरुमा पुगेका उनले आम जनताको साथ आफुले पाएकोमा खुसि व्यक्त गदै उनले आफ्नो जित सुनिश्चित भएको बताए । परिवर्तन र विकासको पक्षमा आफ्नो पार्टी लागेकाले कुनै पनि हालतमा पार्टीले जित हात पार्ने उनको भनाई छ । पहिचान सहितको सघियता र सघियता सहितको सविधानका लागि पनि माओवादिलाइ भोट दिन उहाले आग्रह गरे ।
यसैविच रुपन्देहीको मानमटेरिया गाउ कमिटिको आयोजनामा साइकल र्यालि सम्पन्न एमाओवादी क्षेत्र नं ५ का इन्चार्ज सन्तोष रसाईलीले जानकारी दिए । पार्टी कार्यालय सेमरिवाट सुरु भइ हलादी,नैदिहवा,सिसवा, चुण्डिहवा, मटेरिया, मधुवनि,भगलपुर, हुदै वकुल्लिचोकमा पुगि कोणसभामा परिणत भएको थियो । पाण्डववहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा रामवहादुर विक,श्याम चौधरि,सुदिप न्यौपाने, लगायतले सम्वोधन गदै एमाओवादी जनताको पार्टी भएकाले निर्वाचनमा एमाओवादीले वहुमत ल्याउने वताए । यस अघि उक्त क्षेत्रवाट एमालेका नेता रामनाथ ढकालले निर्वाचनमा जितेका थिए । निर्वाचनमा जिताएर पठाएपछि जनताको सुखदुखमा साथ नदिएकाले न्यौपानेलाई मत दिने त्यहाका मतदाताहरु बताउंछन ।
एमाओवादीको जित सुनिश्चित :न्यौपाने

0 comments
तपाईंको प्रतिकृया