Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
पहिरोले कालिगण्डकी नदी थुनिदा त्रास

गुल्मी,१५ कात्तिक । स्याङ्जाको आलमदेवी गाविस वडा नं ५ मा पहिरो जाँदा वडा नं ५ मा कालिगण्डकी नदी थुनिएको छ । गएको वर्षदेखी उत्तm स्थानमा निरन्तर पहिरो खसिरहेको छ । दिनुहजसो पहिरो जाने गरेको स्थानिय वासिन्दा वताउंछन

विर्घा९कोटाकोट सडक खण्डमा पहिरो जाँदा कालिगण्डकी थुनिएको प्रहरीले जनाएको छ । कालिगण्डकी नदी तालमा परिणत भएर एकै चोटी फुट्न सक्ने भन्दै प्रहरीले सतर्क रहन स्याङ्जा ,पाल्पा र गुल्मीका विभिन्न गाविसका बासिन्दालाई आग्रह गरेको छ ।
तालमा परिणत भएको नदी एकै चोटी फुटने सम्भावना भएपछि स्याङ्जाको आलमदेवी गाविसको वडा नं ७ तथा कोटाकोट, कारिकोट चण्डीभन्ज्याङ गाविसको वडा नं ४, ५ र ८, श्रीकृष्ण गण्डकी गाविसका केही वडाहरु, पाल्पाको अर्गली, वौघापोखरा, गुल्मीको रुरु, रुद्रवेणी, ठूलो लुम्पेक, अश्लेवा लगाएतका क्षेत्रका बासिन्दालाई सतर्क रहन प्रहरीले आग्रह गरेको हो ।

0 comments

तपाईंको प्रतिकृया