निर्वाचन विरोधी हड्ताल निष्प्रभाही
बुटवल २५ कात्तिक– दश दिने आमहड्तालको घोषणा गरेको नेकपा माओवादी अन्तत १ दिन मै सिमित भयो । संविधान सभा सदस्य निर्वाचन वहिस्कारमा उत्रेका अन्य ३२ दलले १० दिने हड्ताल अस्वीकार गरे ।
एक दिन आम हडताल र ९ दिन सवारी साधन चल्ल नदिने ति दलको सहमतीमा सोमवार भएको हड्ताल पनि निष्प्रभाही बन्न पुग्यो । ठाउ ठाउमा हड्तालको अबज्ञा गदै रयाली निकालिएको थियो । बन्दको अबज्ञा गर्दै एमाओवादी कार्यकर्ताले सोमबार विहान चितवनमा मोटरसाईकल र्याली निकालेका थिए ।
बुटवल लगायतका मुख्य शहरमा विहान छिटपुट सवारी साधन साधन चले । दिउसो सम्ममा वृद्धि भई सवारी साधनको चाप सडकमा बढ्यो ,तर पसलहरु भने खुल्न सकेनन । प्रहरीले विहानै देखी स्कटिङ गरी सार्वजनिक तथा निजी सवारी साधन संचालनको वातावरण बनाएको थियो । यद्यपी विहान स्वतस्फुर्त सवारी साधन संचालन हुन सकेन ।
चोक –चोकमा प्रहरी तथा सेनाको बाक्लो उपस्थित थियो । सार्वजनिक सवारी साधनमा प्रहरी नै वसेर संचालन गरिएको थियो । प्रहरी प्रशासनले गन्तव्यमा जान चाहने यात्रु विचवाटोमा अलपत्र बन्न नपरेको जनाएको छ । उद्योग वाणिज्य महासंघ हड्ताललाई असहयोग गर्ने जनाउदै उद्योग संचालन गर्न उद्योगीहरुलाई आग्रह गरे अनुरुप रुपन्देही जिल्लाका अधिकांश उद्योगहरु संचालनमा आएको थियो ।
बन्द आव्हानकर्ताले निर्वाचनलाई प्रभावित पार्ने गरी सवारी साधन चल्न नदिने बताएपनि त्यसको बहिस्कार हुने देखिएको छ । सोमवार भएको वन्दको क्रममा मुलुकका केही स्थानमा केही सवारी साधनमा तोडफोड भएको थियो । अवरोध गर्न खोज्ने करिव १ सय जनालाई प्रहरीले नियन्त्रणमा लिएको गृह मन्त्रालयले जनाएको छ ।
चुनाव प्रचारप्रसारलाई वन्दले कुनै असर नपरेको सम्वद्ध दलहरुले वताएका छन । उम्मेदवारहरुले मतदाताहरुका घरघरमा पुगेर मत मागेका देखिन्थ्ये । उता निर्वाचनमा सहभागी भएका राजनितीक दलहरुले भोली देखी बन्द अवज्ञा गर्ने मनस्थितीमा पुगेका छन । एमाओवादी कांग्रेस एमाले लगायतका केही नेताहरुले भोलिदेही बन्दको अवज्ञा गर्ने बताईसकेका छन । यद्यपी ति पार्टीको आधिकारीक धारणा सार्बजनिक भएको छैन ।

0 comments
तपाईंको प्रतिकृया