Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
एक्लीदै नेकपा –माओवादी नेतृत्व

बिराटनगर २६, कात्तिक –  जनताको चाहना विपरित नेकपा  माओवादी हिंसात्मक वाटो रोजेको भन्दै उक्त पार्टीका नेता तथा कार्यकर्ताहरुले धमाधम पार्टी छाड्न थालेका छन ।  चुनाव बहिस्कारका क्रममा हिंसात्मक बाटो रोजेको भन्दै नेकपा माओवादीका  राज्य समिति सदस्यसहित १७ जनाले पार्टी परित्याग गरेका हुन ।

बिराटनगरमा नेपाल पत्रकार महासंघको कार्यालयमा मंगलबार बिहान पत्रकार सम्मेलन गरेर  उत्तम ढुंगेलसहित १७ जनाले वैद्य माओवादी परित्याग गरेको घोषणा गरेका हुन् । पार्टी परित्याग गर्नेहरुमा मोरङ जिल्ला सदस्य प्रदीपकुमार जोशी, लवकुमार ताम्राकार, उत्तम श्रेष्ठ लगायत छन् ।  चुनाव बहिस्कार अभियान शान्तिपूर्ण हुने भनिए पनि राज्य र जिल्ला समितिले हिंसात्मक बाटो रोजेकाले पार्टी परित्याग गरेको नेकपा– माओवादीका कोचिला राज्य समिति सदस्य  ढुंगेलले जानकारी दिए ।

0 comments

तपाईंको प्रतिकृया