Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
‘वास्तविक परिवर्तनकारी शक्ति एमाओवादी’

बुटवल, २७ कात्तिक । एकीकृत नेकपा माओवादीका केन्द्रिय सदस्य तथा रुपन्देही क्षेत्र नं. ५ का उम्मेदवार दधिराम न्यौपाने (माधव शर्मा) ले  वास्तविक परिवर्तनकारी शक्ति भनेकै एमाओवादी भएकाले यथार्थ बुझेर मात्र मतदान गर्न मतदातालाई आग्रह गरेका छन ।  । विपन्न जनताको हकअधिकार संविधानमा सुनिश्चित गर्न र मुलुकलाई समृद्धिको बाटोमा लैजान एमाओवादी सक्षम रहेको भन्दै बताउदै उनले स्थानीय समस्या समाधानका लागि आफू प्रतिबद्ध रहेको बताए ।
चुनाव प्रचारप्रसारको क्रममा न्यौपानेले बुधवार मानमटेरिया गाविसको वार्ड नं. ७ र ९, दुधराक्ष गाविस वार्ड नं. ४ को वनगाहा, भड्सा र साडी गाविसमा घरदैलो र कोणसभामा उनले उक्त कुरा बताएका हुन ।
चुनावी अभियानका क्रममा देखिएको जनलहरले आफूलाई समेत उत्साहित बनाएको न्यौपानेले बताउनुभयो ।
चुनावी अभियानकै क्रममा साडी लगायतका गाविसबाट एमाले, कांग्रेस, नेकपा माओवादी, मधेशी जनअधिकार फोरम लगायतका पार्टीका कार्यकर्ता एमाओवादीमा प्रवेश गरेको समानुपातिकका उम्मेदवार सन्तोष रसाईलीले जानकारी दिए ।


0 comments

तपाईंको प्रतिकृया