Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
सेवा विकास वैंकले लाभांस दिने

बुटवल २८ कात्तिक– सेवा विकास वैंक लिमिटेडको सातौं वार्षिक साधारण सभाले  शेयरधनीलाई १२ प्रतिशत वोनस शेयर तथा ०।६३ प्रतिशत नगद लाभांस दिने प्रस्ताव पारित गरेको छ ।
विहीवार सम्पन्न सातौं वार्षिक साधारणसभामा वैंक संचालक समितिका अध्यक्ष भिम प्रसाद तुलाचनले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनका साथै वासलात, नाफा नोक्सान समेत सर्वसम्मत रुपमा पारित भएको छ भने सभाले बैंक अन्य बैंकवित्तीय संस्थासंग मर्ज÷गाभ्ने कार्यका लागि सञ्चालक समितिलाई सम्पुर्ण अख्तियारी प्रत्यायोजन गरेको छ ।
वैंकको कार्य प्रगति एवं भावी योजनाका वारेमा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत महेश प्रसाद काफ्लेले हालसम्म ६५ प्रतिशत लाभांस दिन सफल रहेको रहेको तथा खराव कर्जा विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि शुन्य  प्रतिशत कायम गर्न सफल रहेको बताए ।
विगत ३ वर्ष देखी नेपाल स्टक एक्सचेञ्जवाट ‘क’ वर्गमा सूचीकृत हुन सफल बैंकले केन्द्रीय कार्यालय बुटवल सहित १० वटा शाखा कार्यालय र ६ वटा एटिएम मार्फत ४५ हजार भन्दा अधिक ग्राहकहरुलाई अत्याधुनिक बैंकिग सेवा प्रदान गरीरहेको छ । बैंकले स्वीकृत १० जिल्लाका संभाव्य स्थानमा आवस्यकता अनुसार शाखा सञ्जाल विस्तार गर्ने, तत्काल शाखा कार्यालय गोरुसिंगे र अन्य स्थानमा समेत एटिएम जडान गर्ने एव्म मोवाइल बैंकिङ्ग सुविधा प्रदान  गर्ने जनाएको छ । बैंकले हाल २ अर्व ७० करोड निक्षेप संकलन गरी २ अर्व ३७ करोड कर्जा लगानी गर्न सफल रहेको छ ।

0 comments

तपाईंको प्रतिकृया