Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
एमाओवादीका शीर्ष नेताहरु बुटवल आउदै

बुटवल, २२ कात्तिक । एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को मेची–महाकाली राष्ट्रिय जनजागरण अभियानको क्रममा शिर्ष नेताहरु शनिबार बुटवल आउने भएको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता तथा रुपन्देही क्षेत्र नं. ४ का उम्मेदवार डा. बाबुराम भट्टराई, त्यसैगरी नारायणकाजी श्रेष्ठ, वर्षमान पुनलगायत शीर्ष नेताहरुको साथमा स्थानीय नेता, कार्यकर्ता तथा उम्मेदवारहरुको सहभागिता रहने अभियान शनिबार मकवानपुरको हेटौंडाबाट शुरु भई बुटवलमा बृहत् जनसभाको तयारी गरिएको एमाओवादीले जनाएको छ ।
शनिबार दिउसो सवा ३ बजे रुपन्देहीको खैरेनीको बृहत जनसभापछि अपरान्ह चार बजे अभियान बुटवल आइपुग्ने कार्यक्रम रहेको एमाओवादी रुपन्देहीले जनाएको छ ।
बुटवलमा जनसभा हुनु अघि दिउसो २ बजेदेखि नै शुरु हुने सास्कृतिक कार्यक्रममा नायिका रेखा थापा लगायतका कलाकार पनि आउने बताइएको छ । बुटवलको ट्राफिकचोकमा हुने सभा अघि बुटवलको औद्योगिक क्षेत्र, राजमार्ग चौराहा लगायत नगरका विभिन्न ठाउ“बाट बाजागाजासहितको ¥याली निस्कने र ट्राफिकचोकमा जनसभामा परिणत हुने पार्टीका रुपन्देही इन्चार्ज रामप्रसाद बन्जाडे ‘टंकमणि’ले जानकारी दिए ।
त्यसअघि भोलि बिहान मकवानपुरको हेटौडामा साढे सात बजे, चितवनको रत्ननगरमा ९ बजे, भरतपुरमा दश बजे, नवलपरासीको गैडाकोटमा साढे १० बजे, कावासोतीमा साढे ११ बजे, अरुणखोलामा साढे १२ बजे, बर्दघाटमा साढे १ बजे, सुनवलमा दिउसो ३ बजे बृहत जनसभा हुने कार्यक्रम रहेको छ ।
त्यसैगरी कात्तिक २४ गते ८ बजे रुपन्देहीको सालझण्डीको जनसभापछि कपिलवस्तुको ४ नं. जितपुरमा ९ बजे, चन्द्रौटामा १० बजे, भालुवाङमा ११ बजे, घोराहीमा दिउसो १ बजे, तुल्सीपुरमा २ बजे, कोहलपुरमा अपरान्ह ४ बजे बृहत जनसभा हुने कार्यक्रम रहेको बताइएको छ । कात्तिक २७ गते धनगढीमा पत्रकार सम्मेलन पश्चात् अभियान काठमाडौं प्रस्थान गर्ने कार्यक्रम रहेको एमाओवादीले जनाएको छ ।

0 comments

तपाईंको प्रतिकृया