लुगा फेरे जस्तै सरकार फेरेर बिकास हुदैन : भट्टराई
बुटवलमा बृहत् मोटरसाइकल ¥याली
भैरहवा,१ मंसिर । एमाओवादी नेता तथा पुर्व प्रधानमन्त्रि डा बावुराम भट्टराईले लुगा फेरे जस्तै सरकार फेरेर देशको बिकास नहुने बताएका छन । उनले संसदबाट चुनीने प्रधानमन्त्रीको प्रकृयाहुदा सरकार बनाउने र गिराउने मा मात्र राजनितिक दलहरु लागेकाले अव जनता बाट सिधै निर्बाचित राष्ट्रपतीय प्रणालीमा एनेकपा माओबादी जाने भएकोले जनताले चुनेको राष्ट्रप्रमुख भए पछी मात्र देशका स्थायी सरकार हुने बताउदै देशमा बिकास निर्माणले पनि गती लिने उद्धघोष गरे ।
पुर्ब प्रधानमन्त्री तथा एनेकपा माओबादीका रुपन्देही क्षेत्र न. ४ का उम्मेदवार समेत रहेका भटट्राईले शनिबार रुपन्देही क्षेत्र न.२ को भैरहवामा आयोजित चुनाबी सभालाई सम्बोधन गर्दै देशमा सबै क्षेत्र, जाती र समुदायको समानुपातीक सहभागीता, संहियता र गणतन्त्रको सस्थागत बिकासका लागी एमाओबादीलाई जिताउन मतदातालाई आग्रह गरे । भटट्राईले जनताले आफुहरुलाई बहुमत दिई ६ महिनामा नै सहमतीय संबीधान बनाउने र सहमती नभए १ बर्ष भित्रमा जनमुखी संबिधान बनाउने उल्लेख गर्दे ५ बर्षे १० बर्षे गर्दे ४० बर्षे बिकास निति लागु गरी देशलाई बिकाशील देशको दाजोमा पुराउने आफ्नो पार्टीको योजना रहेको जनाउनुभयो ।
उनले देशका किसान,मजदुर,सुकुम्बासी र बेरोजगारी युवाका लागी राज्यले व्यवस्थित रुपमा आधुनिक कृषि प्रणाली लागु गर्ने,मजदुर तथा सुकुम्बासीका,बेरोजगार युबाका लागी सम्मानजनक रोजगार र आवासको व्यवस्था गर्ने जनाउनुभयो । यसै विच एकीकृत नेकपा माओवादी निर्वाचन परिचालन कमिटी रुपन्देही क्षेत्र नं. ४ ले आज बृहत् मोटरसाइकल ¥याली निकालेको छ । बुटवल–१२ स्थित बुटवल मण्डपबाट दिउसो १ बजे शुरु भएको मोटरसाइकल ¥यालीको शुभारम्भ एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता तथा रुपन्देही क्षेत्र नं. ४ का उम्मेदवार डा. बाबुराम भट्टराईले गरेका थिए ।
हजारौं मोटरसाइकल सहभागी ¥याली बुटवल नगर परिक्रमा गरी पश्चिमतर्फ लागेको छ । रुपन्देही क्षेत्र नं. ४ अन्तर्गत पर्रोहा, मोतिपुर गाविसका विभिन्न स्थानको परिक्रमापछि बुटवलको ट्राफिकचोकमा अपरान्ह ४ बजे समापन भएको थियो ।

0 comments
तपाईंको प्रतिकृया