एमाओवादीले परिवर्तनलाई संस्थागत गर्र्छ: भट्टराई
बुटवल, २७ कात्तिक । एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले क्रान्ति र परिवर्तनको नेतृत्व गर्ने पार्टीलाई नै परिवर्तनलाई संस्थागत गर्ने जिम्मेवारी दिनुपर्ने बताएका छन ।
संविधानसभाको चुनावलाई संसदीय चुनावजस्तो हल्का रुपमा लिन नहुने भन्दै भट्टराईले परिवर्तनलाई संस्थागत गर्न नसके मुलुक भद्रगोल हुने बताउनुभयो ।
रुपन्देही क्षेत्र नं. ४ का उम्मेदवार भट्टराईले रुपन्देहीको मोतिपुरमा बुधवार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै भने– गणतन्त्र, संघीयता, धर्मनिरपेक्षताजस्ता परिवर्तनको मर्म कांग्रेस एमालेले बुझेका छैनन , एमाओवादी वाहेकका दलले यसलाई संस्थागत गर्न सक्दैनन ।’
अन्तर्राष्ट्रिय रुपमा धार्मिक र सांस्कृतिक महत्व बोकेको लुम्बिनीबाट नै विकासको नेतृत्व गर्दा मुलुकलाई समृद्धिको दिशातिर लैजान सकिने भन्दै भट्टराईले आफू कसैलाई हराउन होइन परिवर्तनको एजेण्डालाई जिताउन आएको बताए ।
उनले आफू विजयी भएमा लुम्बिनी क्षेत्रका समस्या बालुवाटार र सिंहदरबारमा उठाउने भन्दै भट्टराईले चुनाव जिते पनि आफू प्रत्येक महिना आफ्नो निर्वाचन क्षेत्रमा फर्किने प्रतिबद्धता व्यक्त गरे । सो अवसरमा चलचित्रकर्मी मीनप्रसाद श्रेष्ठ र अमरबहादुर विष्ट नेपाली कांग्रेस परित्याग गरी एमाओवादीमा प्रवेश गरेका छन । कार्यक्रममा हास्य कलाकार सुवोध गौतम, बुनु मैच्याङका साथै अन्य कलाकार कलाकारहरुले कला प्रस्तुत गरेका थिए ।

0 comments
तपाईंको प्रतिकृया