Sports
»
मैत्रिपुर्ण खेलमा संचारकर्मी पराजित
मैत्रिपुर्ण खेलमा संचारकर्मी पराजित
बुटवल, १५ कात्तिक । मैत्रिपुर्ण फुटवल प्रतियोगितामा आयोजक सुनौलो संगम क्लव विजयी भएको छ । स्वर्गिय रन्जन सागर स्मृति नकआउट फुटवल प्रतियोगिताको अवसरमा आयोजित मैत्रिपुर्ण खेलमा आयोजकले रुपन्देहीका सन्चारकर्मीको टिमलाई १ का विरुद्ध ४ गोलले पराजित गरेको हो । फिफा टेक्निकल सेन्टर देविनगर वुटवलमा शुक्रवार सम्पन्न भएको उक्त खेलमा आयोजकका तर्फवाट घनश्याम श्रेष्ठले २, फन वहादुर थापा र विकास गुरुडले १,१ गोल गरेका थिए । त्यस्तै सन्चारकर्र्मीको टिमवाट पत्रकार दिपक न्यौपानेले खेलको दोसा्रे हाफमा आर्कषक रुपमा जालि चुमाएपनि त्यो जितका लागि पर्याप्त भएन । यसैविच रन्जन सागर स्मृति फुटवल प्रतियोगिताको फाइनल खेल सनिवार दिउसो हुने भएको छ । फाइनलमा इन्टरस्पोर्टस क्लव वुटवल र किस्चियन क्लव आमनेसामने हुने छन । इन्टरस्पोर्टसले सेमिफाइनलमा सम्झना खेलकुद परिवार मंगलापुरलाइ हराएको थियो भने किस्चियनले सिम्रिक क्लव कालिकानगरलाइ पराजित गरेको थियो । फाइनलविजेताले ५० हजार , शिल्ड साथै उपविजेताले २५ हजार पा्रप्त गर्ने आयोजकका नरेन्द्र कार्कीले जानकारी दिए ।
0 comments
तपाईंको प्रतिकृया