उत्साहपूर्ण मतदान जारी (फोटो फिचर सहित)
बुटवल ४ मंसिर । संविधानसभा सदस्य निर्वाचन २०७० का लागि आज बिहान ७ बजे देखिनै देशभरका सबै मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान जारी रहेको छ । संविधानसभाका लागि आज बिहान ७ बजेदेखि देशभरिका १० हजार १३ वटा मतदान केन्द्रहरुमा एकसाथ मतदान शुरु भएको छ । शान्तिपुर्ण रुपमा मतदान कार्य भईरहेको गृहमन्त्रालयले जनाएको छ ।
निर्वाचन आयोगले १ वजे सम्म ५० पैतिशत मत खसेको जनाएको छ । मतदानस्थलहरुमा शान्तिसुरक्षाको स्थिति सुदृढ रहेको छ भने मतदाताहरु उत्साहका साथ लाइनमा लागेका छन् । महिला र पुरुषको छुट्टाछुटै लाइन ब्यवस्थित छन् भने वृद्ध, गर्भवती महिला, अशक्त, सुत्केरी र अपाङ्गता भएकाहरुलाई प्राथमिकताका साथ मतदानमा सहभागी गराइएको छ ।
प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले मतदानका लागि देशैभरि उत्साहपूर्ण सहभागिता र शान्तिपूर्ण वातावरण रहेको उल्लेख गर्दै मतदान केन्द्रमा आएका र आउँदै गरेका सबै मतदानलाई बधाई र शुभकामना दिएका छन् । देशभर १ करोड २१ लाख ४७ हजार ८ सय ६५ मतदाता रहेका छन् । जसमा ५९ लाख ८० हजार ८ सय ८१ पुरुष, ६१ लख ६६ हजार ८ सय २९ महिला तथा १ सय ५५ तेस्रो लिङ्गी छन् ।
१० हजार १३ मतदान स्थाल छन् भने १८ हजार ४ सय ५६ मतदान केन्द्र छन् । यस्तै ३ सय ३६ अस्थायी मतदान केन्द्र राखिको छ । मतदानको समय विहान ७ बजेबाट साँझ ५ बजेसम्म तोकिएको छ ।
संविधान सभा सदस्य निर्वाचनमा मंगलवार रुपन्देही क्षेत्र नं ४ अन्तर्गत वुटवल १० सडक डिभिजन कार्यालय मतदान केन्द्रमा रहेको वुथमा मतदान गदै एक मतदाता ।
केओफ नेपालवाट खटिएका पर्यवेक्षकहरु मतदान स्थलको निरिक्षण गदै ।
निर्वाचन आयोगले १ वजे सम्म ५० पैतिशत मत खसेको जनाएको छ । मतदानस्थलहरुमा शान्तिसुरक्षाको स्थिति सुदृढ रहेको छ भने मतदाताहरु उत्साहका साथ लाइनमा लागेका छन् । महिला र पुरुषको छुट्टाछुटै लाइन ब्यवस्थित छन् भने वृद्ध, गर्भवती महिला, अशक्त, सुत्केरी र अपाङ्गता भएकाहरुलाई प्राथमिकताका साथ मतदानमा सहभागी गराइएको छ ।
प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले मतदानका लागि देशैभरि उत्साहपूर्ण सहभागिता र शान्तिपूर्ण वातावरण रहेको उल्लेख गर्दै मतदान केन्द्रमा आएका र आउँदै गरेका सबै मतदानलाई बधाई र शुभकामना दिएका छन् । देशभर १ करोड २१ लाख ४७ हजार ८ सय ६५ मतदाता रहेका छन् । जसमा ५९ लाख ८० हजार ८ सय ८१ पुरुष, ६१ लख ६६ हजार ८ सय २९ महिला तथा १ सय ५५ तेस्रो लिङ्गी छन् ।
१० हजार १३ मतदान स्थाल छन् भने १८ हजार ४ सय ५६ मतदान केन्द्र छन् । यस्तै ३ सय ३६ अस्थायी मतदान केन्द्र राखिको छ । मतदानको समय विहान ७ बजेबाट साँझ ५ बजेसम्म तोकिएको छ ।
केओफ नेपालवाट खटिएका पर्यवेक्षकहरु मतदान स्थलको निरिक्षण गदै ।
तस्वीरहरु : सुपरखबर डट कम

0 comments
तपाईंको प्रतिकृया