बुटवल जेसिजको सह–कोषाध्यक्षमा दमासे निर्विरोध
अध्यक्ष पदमा गैरे र श्रेष्ठ विच प्रतिस्पर्धा
बुटवल , १४ मंसिर। बुटवल जेसिजको सह–कोषाध्यक्ष पदमा जनक प्रसाद दमासे पौडेले निर्विरोध निर्वाचित भएका छन । शनिबार बुटवलमा हुन लागेको ४० औं अधिवेशनमा शुक्रवार भएको उम्मेदवारको मनोनयनमा सहकोषााध्यक्ष पदमा अरु कसैको उम्मेदवारी नपरेपछि यस सुपर खवर डटकमका संचालक समेत रहेका दमासे पौडेल निर्विरोध भएका हुन ।
त्यसै गरी सहसचिवमा वालकृष्ण पाण्डे पनि निर्विरोध निर्वाचित भएका छन । यद्यपी निर्वाचन मण्डलले उनिहरुलाई निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा गरिसेको छैन ।
बुटवल जेसिजको आगामी नेतृत्वको लागी अध्यक्ष पदमा भेषराज गैरे र दिनेश श्रेष्ठ चुनावी मैदानमा उत्रिएका छन । शनिबार बुटवलमा हुन लागेको ४० औं अधिवेसनमा अध्यक्ष पदका लागि भेषराज गैरे र दिनेश श्रेष्ठको उमेद्वारी परेको हो ।
त्यस्तै दुई कार्यकारिणी उपाध्यक्षका लागि राजेन्द्रबहादुर जिसी, गोपाल चापागाई, सन्तोष पछाई र सुरेस नेपाल गरी ४ जनाको उमेद्वारी परेको निर्वाचन आयुक्त हिमाल गैरेले जानकारी दिए ।
चार उपाध्यक्ष पदमा ६ जनाको उमेद्वारी परेको छ । उपाध्यक्ष पदमा यमप्रसाद तिवारी, राजिव गौतम, फर्सूराम भट्टराई, गंगाराज सापकोटा, विष्णु पुरी र दिपक श्रेष्ठको उमेद्वारी परेको हो ।
महासचिव, कोषाध्यक्ष र कानुनी सल्लाहकार अध्यक्षले मनोनित गर्ने जेसिज बिधान रहेको महासचिव राजु पौडेलले जानकारी दिए ।
बुटवल जेसिजको शनिबार हुने अधिवेसनको उद्घाटन हालै भएको संबिधान सभा निर्वाचनमा रुपन्देही ४ बाट निर्वाचित एमाले सचिव बिष्णु पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको अध्यक्ष गणेशचन्द्र पोखरेलले जानकारी दिए ।

0 comments
तपाईंको प्रतिकृया