विश्वकप छनोट क्रिकेटमा आज नेपाल हङकङसँग भिड्दै
बुटवल ,१२ मंसिर । विश्वकप ट्वान्टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगिता अन्तर्गत निर्णायक खेलमा आज नेपाल हङकङकसँग भिड्दै छ ।
नेपाली समय अनुसार बिहान पौने १२ बजे सुरु हुने खेलमा हङकङलाई हराउन सके नेपाल सीधै विश्वकपका लागि छानिने छ ।
यसअघि नेपालमै भएको एसीसी ट्वान्टी–ट्वान्टी एलिट कपमा नेपालसँगको खेलमा हङकङले बाजी मारेको थियो । नेपाल र हङकङविच हालसम्म सिनियरस्तरमा ४ वटा ट्वान्टी ट्वान्टी खेल भएको छ । यी ४ खेलहरुमध्ये नेपाल दुई खेलमा विजयी भएको छ भने हङकङ पनि दुई खेलमा विजयी भएको छ ।
यस्तोमा आजको खेल विजेता विश्वकपमा छनौट हुनुका साथै एक अर्को विरुद्धको आपसी रेकर्डमा पनि अब्बल ठहरीनेछ । आजको खेलमा हङकङसँग पराजित भए नेपालले अर्को एक अवसर पाउने छ । सो अवसरमा नेपालले पपुवा न्यूगिनी र नामिबियाबीचको विजेतासंग खेल्नु पर्नेछ ।
युएईमा जारी विश्वकप छनौट प्रतियोगिताबाट छानिएका ६ टोलीहरुले अर्को वर्ष बंगलादेशमा हुने विश्वकप ट्वान्टी ट्वान्टी क्रिकेटको प्रारम्भिक चरण खेल्नेछन् ।

0 comments
तपाईंको प्रतिकृया