Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
राष्ट्रिय सुरक्षा परिषद सचिवालयद्धारा सर्बमान्य निर्वाचन गर्न सुझाव

काठमाण्डौं १६ कात्तिक। संविधानसभा सदस्य निर्वाचनको बहिष्कार गदै आएको ३३ दलिय मोर्चाको गतिविधीलाई मध्यनजर गदै राष्ट्रिय सुरक्षा परिषद सचिवालयले सबैलाई मान्य हुने समाधान निकाल्न सरकारलाई सुझाव दिएको छ । सचिवालयले अहिलेको निर्वाचन संविधान बनाउनका लागि भएकाले सबैलाई मान्य हुने समाधान निकालेर मात्र निर्वाचनमा जान रेग्मी र सरकारलाई सुझाव सहितको प्रतिवेदन दिएको हो ।
सेनाका उपरथीको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका डीआईजीहरु र रक्षा तथा गृहमन्त्रालयको समेत प्रतिनिधित्व रहेको सचिवालयले चुनावका मुखमा विपक्षीबाट सैन्य गतिविधि हुन सक्ने संकेत पाएको भन्दै अध्यक्ष र सरकारलाई जानकारी गराएको हो ।
सचिवालयले नेकपा९माओवादीसहितको ३३ दलीय मोर्चाले आगामी २५ गतेबाट सञ्चालन गर्न लागेको भनिएको निर्वाचन विरोधी अभियान भन्दा अगाडी नै समाधान निकाल्न पनि सुझाव दिएको छ । नेकपा९माओवादीसहितका निर्वाचनको बहिष्कार गर्ने पक्षमा रहेका दलहरुले देशमा हिंसात्मक घटनाका क्रम बढाएको र निर्वाचन अगाडी नै सबैलाई मान्य हुने समाधान ननिकालिएर मुलुक फेरि द्वन्द्वमा फस्ने निष्कर्षसहितको प्रतिवेदन सचिवालयले सरकारलाई बुझाएको छ ।
विभिन्न कुटनीतिक निकाय, राष्ट्रसंघलगायतका अन्तर्राष्ट्रिय संघ संस्था र नागरिक समाजबाट राष्ट्रिय दबाब र पहलबाट साझा समाधान निकाल्न सचिवालयले सुझाव दिएको छ ।

0 comments

तपाईंको प्रतिकृया