Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
आईसिएफसीद्धारा खेलाडीलाई प्रोत्सान पुरस्कार

बुटवल १२ मंसिर। आईसिएफसी फाईनान्सले नेपाल ट्वान्टी–२० विश्वकपमा प्रवेश गरेको खुसियालीमा खेलाडी तथा पदाधीकारीहरुलाई नगद १० हजारका दरले प्रोत्साहन पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ ।
नेपाली खेलाडीहरुको अथक मेहनत र लगनशिलताले राष्ट्रको गौरव कायम हुन गएकाले प्रत्येक खेलाडी तथा पदाधीकारीहरुलाई प्रोत्साहन स्वरुप जनही नगद १० हजारका दरले नगद पुरस्कार प्रदान गर्न लागिएको आईसिएफसी फाईनान्स बुटवल शाखा प्रमुख सन्तोष ज्ञवालीले जानकारी दिए । यसले आगामी वर्षहरुमा हुने यस्ता खेलहरुमा सफलताका लागि प्रभावकारी हुने पनि विश्वास लिईएको छ । नेपाल बुधबार युएईमा सम्पन्न विश्व कप ट्वान्टी–२० क्वाटरफाएरमा हङ्गकङ्गलाई हराउँदै विश्वकपमा प्रवेश गरेको छ ।

0 comments

तपाईंको प्रतिकृया