एमाओवादीद्धारा संविधानसभाबाट अलग हुने घोषणा
काठमाडौं, ६ मंसिर – एकीकृत नेकपा माओवादीले सम्पूर्ण निर्वाचन प्रक्रियाको पुनरावलकन गर्न माग गरेको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले मत गणना पुनरावलोकन नभए संविधानसभाबाट अलग हुने घोषणा गरे । प्रचण्डले भने– ‘मत गणना पुनरावलोकन नभए हामी संविधानसभामा जाँदैनौं ।’ उनले मत पेटिका ओसार्ने क्रममा विभिन्न घटनाहरु भएको उदाहरण दिँदै देशभर भएका घटनाले एमाओवादी मतगणना प्रक्रियालाई पुनरावलोकन गर्नुपर्ने पक्षमा रहेको बताए ।
विभिन्न स्थानको उदाहरण दिँदै उनले भने ‘मतपेटिकाहरु लुकाएर अन्त राखियो । काठमाडौं ९ मा दुर्घटना भयो भनियो, भएकै होइन । चार घण्टा लुकाएर राखियो । ४ मा मतपेटिकाको खसेको भन्दा बढी मत देखियो । सिन्धुपाल्चोकमा हाम्रा प्रतिनिधिको मोटरसाइकलको हावा खुस्काएर मतपेटिकासम्म पुग्न दिइएन । देशभरी यस्ता घटना देखिएपछि हामीलाई के लाग्यो भने यसको पुनरावलोकनका लागि आफ्नो कुरा राख्नुपर्छ । यसलाई सकारात्मक ढंगले लिनेछन् भन्ने हामीलाई विश्वास छ ।’ उनले सरकार, राजनीतिक दल र निर्वाचन आयोगले यसलाई सकारात्मक रुपमा नलिए संविधानसभामा रहँदैनौं भने ।
उचबअजबलमब बलम दबदगचबmतर, १२ बुँदे र शान्ति सम्झौताप्रति प्रतिवद्व रहँदै शान्तिपूर्ण राजनीतिमा रहेर दलहरुसँग सहकार्य गर्ने उनले प्रतिबद्धता जनाए । परिणाम हेरेर आफूहरुले निर्वाचनको मतगणना रोक्न माग नगरेको पनि उनले स्पष्ट पारे । उनले नेकपा माओवादीसँग परिवर्तनका पक्षमा एकता हुन सक्ने समेत बताए । ‘यो देशमा यसरी नै षड्यन्त्र गरेर अग्रगमनको बाटो रोक्न खोजियो भने बैद्यजी लगायत जो जो परिर्वतनका पक्षमा छन्, उनीहरुसँग एकता हुन्छ ।’ प्रचण्डले भने ।
एमाओवादीले वक्तब्यमा निर्वाचनको सिलसिलामा देशव्यापी रुपमा योजनाबद्ध ढंगले दृश्य र अदृश्य धाँधलीका रुपहरु अपनाइएको, ठूलो मात्रामा आर्थिक चलखेलहरु भएको, मतपेटीकाहरु सार्ने क्रममा रहस्यमय हर्कतहरु भएको, सिल तोडिएका मतपेटीकाहरुलाई समेत स्वीकार्न पर्ने निर्देशन गरिएको, मतगणनाको क्रममा अस्वभाविक ढंगले राखिएका मतपत्रहरुको संख्या र स्वरुप फेला परेको आदि घटनाले यो निर्वाचन प्रक्रिया जनताको अभिमत र अपेक्षा विपरित धाँधलीपूर्ण र षड्यन्त्रमूलक रहेको उल्लेख गरिएको छ ।
यस्तै वर्तमान निर्वाचन प्रक्रियालाई स्थगन गरी समग्र प्रक्रियाको पुनरावलोकन र निष्पक्ष छानविन गरेर मात्र अगाडिको कदम निर्धारण गर्नुपर्ने माग गरिएको छ ।
एमाओवादीले गएराति देखिनै मतगणना प्रक्रियाबाट अलग भएको बताइसकेको छ ।

0 comments
तपाईंको प्रतिकृया