Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
रुपन्देहीमा मिश्रीत परिणाम

कमल रायमाझी
भैरहवा,  ७ मंसिर ।
रुपन्देहीमा संविधानसभा सदस्य निर्वाचन को मतगणनाको नतिजा आएको छ । ७ वटा निर्वाचन क्षेत्र नम्बर मध्ये शुक्रबार साढे ५ बजेसम्म क्षेत्र नम्बर १ बाहेक अन्य क्षेत्रको मतगणना समाप्त भई सार्वजनिक भएको छ । सो क्षेत्रमा एमालेका छविलाल विश्वर्माले नेपाली कांग्रेसका अब्दुल रज्जाक भन्दा २ सय ५५ ले अग्रता लिएको निर्वाचन अधिकृत कार्यलय क्षेत्र नम्बर १ ले जनाएको छ ।
जसमध्ये क्षेत्र नम्बर २ मा राप्रपा, क्षेत्र नम्बर ३ र ५ मा नेपाली कांग्रेस, क्षेत्र नम्बर ४ मा नेकपा एमाले, क्षेत्र नम्बर ६ र ७ मा तराइ मधेश लोकतान्त्रिक पार्टिका उम्मेदवार निर्वाचित भएका छन् ।
रुपन्देही मुख्य निर्वाचन अधिकृतको कार्यलयले दिएको जानकारी अनुसार रुपन्देही क्षेत्र नम्बर २ मा राप्रपाका महामान्त्रि दीपक बोहराले विजयी भएका छन् । बोहराले कुल खसेको ४५ हजार ३ सय २९ मतबाट ८ हजार १ सय ५२ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामकृष्ण ताम्रकारले ६ हजार २ सय १० मत प्राप्त गरेका थिए ।
क्षेत्र नम्बर ३ मा कांग्रेसका केन्द्रिय सदस्य बालकृष्ण खाणले एमालेका घनस्याम भुसाललाई झिनो मतले पराजित गरेका छन् । खाणले कुल खसेको मतबाट १८ हजार ४ सय ८१ म्त प्राप्त गरेका थिए भने उनका निकटम प्रतिद्वन्द्वी एमालेका घनश्याम भुसालले १८ हजार ३ सय ९५ मत प्राप्त गरेका थिए ।
यसैगरी सबै भन्दा चर्चामा रहेको रुपन्देही क्षेत्र नम्बर ४ मा एमालेका केन्द्रिय सचिव विष्णु पौडेलले नेपाली कांग्रेसका सुर्य प्रधानलाई भारी मतले पराजित गर्दै विजयी भएका छन् । पौडेलले कुल खसेको ५१ ह्जार ८ सय ८० मतमध्ये १९ हजार ५ सय ७७ मत प्राप्त गरेका थिए भने उनका निकटत्तम प्रतिद्वन्द्वी कांग्रेसका प्रधानले १३ हजार ६ सय ३२ मत प्राप्त गरेका छन्। यसैगरी सोही क्षेत्रमा एमाओवादीका डा. बाबुराम भट्टराईले ११ हजार ९ सय ३४ मत प्राप्त गरी तेस्रो भएका छन् ।
यसैगरी जिल्लाको क्षेत्र नम्बर ५ बाट नेपाली कांग्रेसका भरत कुमार शाहले कुल खसेको ४३ हजार ३० मतमध्ये १४ हजार २ सय ७४ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका रामनाथ ढकालले १३ हजार ७ सय ६६ मत प्राप्त गरेका छन् ।
यसैगरी क्षेत्र नम्बर ६ मा तराइ मधेस लोकतान्त्रिक पार्टिका महामन्त्रि सर्वेन्द्रनाथ शुक्लाले कुल खसेको ४० हजार १ सय ६ मतमध्ये १४ हजार ६ सय ९२ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटत्तम प्रतिद्वन्द्वी मधेसी जनअधिकार फोरम नेपालका वसिउद्दिन खानले ६ हजार २ सय ८६ मत प्राप्त गरेका छन् ।
यसैगरी क्षेत्र नम्बर ७ मा तराइ मधेस लोकतान्त्रिक पार्टिका कमलेश्वर पुरी गोस्वामीले ९ हजार २ सय ६३ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटत्तम प्रतिद्वन्द्वी मधेसी जनअधिकार फोरम नेपालका फकरुद्दिन खानले ६ हजार ८९ मत प्राप्त गरेका थिए ।
निर्वाचित नेताहरुले के के भने ः
संविधानसभा निर्वाचनमा निर्वाचित पश्चात नेताहरुले सन्चारकर्मिलाई संक्षिप्त प्रतिक्रिया दिएका छन् । क्षेत्र नम्बर ४ बाट निर्वाचित एमालेका केन्द्रिय सचिव तथा संविधानसभा सदस्य विष्णु पौडेलले धेरै ठुलौ चुनौतिका बीच निर्वाचन शान्तिपुर्ण रुपमा सम्पन्न भएको छ । अब संविधानसभाको सामुन्नेमा जनपक्षीय संविधान निर्माण गर्ने चुनौतिी भएको छ । रुपन्देही क्षेत्र नम्बर ४ का जनताले जुन दायित्व र जिम्मेवारी दिएका छन् त्यो मैले गम्भिरता पुर्वक पुरा गर्ने प्रतिज्ञा गर्दछु ।
क्षेत्र नम्बर ३ बाट निर्वाचित कांग्रेस केन्द्रिय सदस्य तथा सभासद बालकृष्ण खाणले संविधानसभाको माध्यमबाट लोकतन्त्रि संविधान बनाउन आफ्नो प्रयास हुने बताएका छन् । क्षेत्र नम्बर २ बाट निर्वाचित राप्रपाका महामन्त्रि तथा सभासद दीपक बोहराले संविधान बनाउन यस क्षेत्रका जनताले जुन दायित्व दिएका छन त्यो आफुले पुरा गर्ने बताए । यसैगरी क्षेत्र नम्बर ५ बाट निर्वाचित कांग्रेसका केन्द्रिय सदस्य तथा सभासद कांग्रेसको घोषणापत्रमा उल्लेख गरेअनुसारको लोकतान्त्रि संविधान बनाउन आफ्नो भूमीका रहने जनाए । यता क्षेत्र नम्बर ६ बाट निर्वाचित तमलोपाका महामन्त्रि तथा सभासद सर्वेन्द्रनाथ शुक्लाले संविधान बनाउने काममा जुन प्रतिकुल अवस्था आएको छ त्यसमा सामन्जस्यता ल्याउदै तोकिएको अवधीमा संविधान बनाउन लाग्ने जनाए ।क्षेत्र नम्बर ७ बाट निर्वाचित तमलोपाका केन्द्रिय सदस्य तथा सभासद कमलेश्वर पुरी गोस्वामीले आफुले संविधान बनाउने काममा दत्तचित्त भएर लाग्ने बताए ।
यता निर्वाचित सभासदहरुले संविधान बनाउनुको अतिरिक्त आफ्नो क्षेत्रको विकासमा पनि दत्तचित्त भएर लाग्ने प्रतिज्ञा गरेका छन् ।

0 comments

तपाईंको प्रतिकृया