राष्ट्रिय औधोगिक ब्यापार मेलाको तयारी
बुटवल ८ मंसिर । नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठन रुपन्देहीको आयोजनामा राष्ट्रिय औद्योगिक ब्यापार मेला, कृषि तथा पर्यटन महोत्सव २०७० हुने भएको छ ।
“स्थानीय बजारमा खरिद गरौ स्थानिय बजारको प्रवर्दन गरौ, स्वदेशी वस्तुको प्रयोग गरौ स्वाभिमानी नेपालीको पहिचान बनाऔ” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको उक्त महोत्सव सिद्धार्थ रंशालामा मंसिर २१ देखि पुसको २ गते सम्म सञ्चालन हुने आयोजकले जानकारी दिए ।
भैरहवामा शनिबार आयोजित पत्रकार सम्मेलनमा संगठनका अध्यक्ष मनिषकुमार जोशील महोत्सववको ५० प्रतिशत तयारी पुरा भएको जानकारी दिए ।
उनले औद्योगिक तथा पर्यटकिय सूचना केन्द्रको स्थापना, बिभिन्न २ सय ४० वटा स्टल तथा लुम्बिनीको पेविलियन, औद्योगिक तथा पर्यटकिय गोष्ठीहरु, बिविध सांस्कृतिक कार्यक्रम, पुरुष तथा महिलाको कुस्ती प्रतियोगिता, लुम्बिनी दर्शन यात्रा तथा अन्य पर्यटकिय क्षेत्रको अवलोकन भ्रमण लगायतका कार्यक्रम रहने जानकारी दिए ।
उनले विगतका दिनहरुमा निरन्तर रुपमा मेला आयोजना गर्दा घाटामा गईरहेको भएपनि यस लाई निरन्तता दिइएको वताए । अन्य स्थानमा आयोजना हुने मेलामा विभिन्न व्यावसायीक प्रतिष्ठान तथा व्याक्तिहरुबाट पूर्ण रुपमा सहयोग हुने भएपनि भैरहवामा आयोजना हुने मेलामा भने व्यवासायीक प्रतिष्ठान तथा व्याक्तिहरुबाट त्यति धेरै सहयोग नभएको उनको गुनासो छ ।
मेलाले देशमा औद्योगिक चेतना बढाउने, कृषि तथा पर्यटन क्षेत्रको प्रर्वधन तथा विकास गर्ने, गुणात्मक प्रतिस्पर्धा मिल्ने, उत्पादित बस्तुको प्रर्वदन गर्ने र उत्पादक र उपभोक्ता बिच पुलको काम गर्ने अध्यक्ष जोशिको भनाई छ । यस क्षेत्रमै पहिलो पटक मुख्य आर्कषको रुपमा अन्र्तराष्ट्रिय स्तरको महिला कुस्ती प्रतियोगीता समेत आयोजना गरिएको छ । जसको लागि नेपाल तथा विदेशबाट समेत महिला कुस्तीवाजहरुको सहभागीता हुने आयोजाकले जानकारी दिएका छन ।
अनुमानित १ लाख ५० हजार जनाले अवलोकन गर्ने मेलाबाट १० करोड रुपैया बराबरको कारोबार हुने आयोजकले अनुमान गरेका छन । मेलाको टिकट दर ४० रहने छ भने बिद्यार्थी सहुलियतमा ३० रुपैया र समूहगत बिद्यालय बिद्यार्थीको लागी २० रुपैयाको टिकटको व्यवस्था गरिएको छ ।

0 comments
तपाईंको प्रतिकृया