Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
एमालेका अधिकांश नेता एमाओवादीमा


गुल्मी, २४ कार्तिक । जिल्लाका तीनवटै क्षेत्रबाट नेकपा एमालेका पुराना र प्रभावशाली गाउँ नेताहरु एकीकृत नेकपा (माओवादी) मा प्रवेश गरेपछि उसलाई अघिल्लो चुनावको अस्तित्व बचाउन समेत सङ्कट परेको छ । एमालेका प्रभावशाली नेता प्रदीपकुमार ज्ञवालीकै गाउँबाट एमाले परित्याग गरी एमाओवादीमा प्रवेश गरेपछि उनले हरेस खाइसकेका छन् । थानापतिको झमादी गाउँबाट उनका दाहिने हात मानिने दलित नेता मेघराज बस्यालको नेतत्वमा ८८ घर पूरै दलित समुदाय एमाओवादीमा प्रवेश गरेका छन् ।

उता सीमिचौर दुविचौर, अर्खले, बडागाउँ, बलिथुम, पराल्मी, विरवासलगायतका गाविसबाट अगुवा एमाले नेताहरु एमाओवादीमा प्रवेश गरेपछि चुनाव हार्ने रनथनमा ज्ञवालीले मास जुटाउनका लागि नायक भुवन केसीलाई वलेटक्सारमा ल्याएका थिए तर सोचे जति मानिस नजुटेपछि उनी फेरि रन्थनिन थालेको बताइन्छ । यता एमाले कार्यकर्ता एमाओवादीमा आउँदा मौका कांग्रेसका चन्द्रभण्डारीले छोप्ने हुन कि भन्ने आंकलनले यतिबेला एमाओवादी उम्मेद्वार अशोक थापा कांग्रेसजन कहाँ भोट माग्न हिडेका छन् ।

क्षेत्र नम्वर १ मा एमाओवादी उम्मेद्वार सुदर्शन बरालले कैयौं गाविसमा एमालेका अध्यक्ष सचिवलगायतका प्रभावशाली गाउँ नेता प्रवेश गराएको बताए छन् । उनले एउटा गाविसको गाउँ कमिटी त विघट नै गराएर प्रवेश गराएको बताए । क्षेत्र नम्वर ३ मा एमालेका सचिव, उपसचिव कतै क्षेत्रीय र जिल्ला सदस्यसहित १५ सय जना अगुवा कार्यकर्ता एमाओवादीमा प्रवेश गरेको त्यस क्षेत्रका सयोजक बुद्धि जिसी बताउँ छन् ।

एमालेको एक छापे भनेर गफ गरिने वाग्ला गाविसमा सो पार्टीका सचिव नै प्रवेश गरे । एमालेकै जिल्ला अध्यक्ष टोमलाल पाण्डेको गाउँ वस्तु गाविसबाट ३ वटा वडाका डेढ सयभन्दा बढी दलित परिवार एमाओवादीमा प्रवेश गरेका छन् । नेकपा एमाले भनभने गाउँ कमिटी अध्यक्षका दुवै युवा छोराहरु र उनका माइला भाई एमाओवादीमा प्रवेश गरेपछि एमालेले ती गाउँहरुमा आतंक मच्चाएको बताइन्छ । अघिल्लो चुनावमाभन्दा किन यसरी एमाओवादीमा जनलहर बढ्यो त भन्ने विषयमा यहाँका वामबुद्धिजीविहरु भन्छन्– एमाओवादीले गाविसमा सिधै बीस लाखभन्दा बढी रकम विनियोजन गर्ने कार्यक्रम ल्यायो ।

त्यस्तै कृषि विकास बैंकमा साना किसानहरुको ऋण मिनाह, युवाहरुलाई स्वरोजगार कार्यक्रम र सो पार्टीका नेता प्रचण्ड र बाबुराम नेपालको शीर्ष स्थानका नेता भनेर केही महिना अघि अन्तर्राट्रिय संस्थाको सर्वेक्षणले पनि जनलहर बढेको वुद्धिजीविहरुको ठम्याई छ ।

0 comments

तपाईंको प्रतिकृया