तिहारमा टेलिकमको सेवामा छुट
काठमाडौं, १६ कात्तिक। तिहारको अवसरमा नेपाल टेलिकमले आफ्ना सेवाहरुमा छुट दिएको छ ।
टेलिकमले पोष्टपेड, प्रिपेड, सिडिएमए र पिएसटिएन गरी सबै प्रकारका टेलिफोन र इन्टरनेट सेवामा छुट दिएको हो । टेलिकमले नेपाल टेलिकमकै नेटवर्कभित्र हुने एसएमएसमा २३ गतेसम्म ५० प्रतिशत छुट दिएको छ । टेलिकमका अनुसार मोवाइलको महसुलमा शनिबारदेखि १० प्रतिशत छुट दिइने छ ।
शनिबारदेखि २३ गतेसम्मको अवधिमा सिडिएमए र जिएसएम पोष्टपेड र प्रिपेड मोवाइलमा दैनिक भ्वाइस कलमा खर्च गरेको रकममा १ देखि ५ रुपैयाँसम्म बोनस दिइने टेलिकमले जनाएको छ । टेलिकमले नेपालीहरुको मुख्य चाडपर्वमा छुट सुविधा दिदै आएको छ।


0 comments
तपाईंको प्रतिकृया