Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
एमाओवादीद्वारा धाँधलीको रिर्पोट संकलन गर्न उच्च स्तरीय समिति गठन

काठमाडौं, १० मंसिर – संविधानसभा सदस्य निर्वाचनमा धांधली भएको जनाउदै पुनरावलोकन नभए संविधानसभाको प्रकृयामा सामेल नहुने घोषणा गरेको एमाओवादीले उच्च स्तरीय छानविन समिति बनाएको छ ।
निर्वाचनको समिक्षा गर्न सोमवार बसेको केन्द्रिय समितिको बैठकले चुनावमा धाँधली भएको निश्कर्ष निकाल्दै धाँधली भएको रिर्पोट संकलन गर्न ५ सदस्यीय उच्च स्तरीय समिति गठन गरेको हो ।
पार्टीको केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको सोमवारको बैठकले नेता वर्षमान पुनको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो । समितिका अन्य सदस्यहरुमा रामचन्द्र झा, रामनारायण बिडारी, खिमलाल देवकोटा तथा पूर्व सचिव जनकराज जोशी रहेका छन् । समितिले १५ दिनभित्र देशभरका धाँधलीका रिपोर्टहरु बुझाउने बताइएको छ । त्यस्तै आजको बैठकले सबै उम्मेदवार तथा केन्द्रिय सदस्यहरुलाई भोलीदेखि फिल्डमा खट्ने र रिपोर्ट संकलन गर्ने निर्देशन दिएको छ । सबै रिपोर्ट संकलनपछि त्यसको भण्डाफोर गर्ने एमाओवादीले जनाएको छ ।

0 comments

तपाईंको प्रतिकृया