Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
कोरियामा दुर्घटनाबाट नेपालीको मृत्यु

सोल , ११ मंसिर । रोजगारी गर्न कोरिया आएका एक नेपालीको सवारी दुर्घटनामा  मृत्यु भएको छ । ईपीएसमार्फत ढेड महिनाअघि कोरियाको छल्ला बुकदोमा रहेको एक फूलबारीमा काम गर्न आएका गुल्मी शान्तिपुरका २२ बर्षीय कृष्णबहादुर थापाको आइतबार साँझ ८:३० बजे भएको सवारी दुर्घटनामा मृत्यु भएको हो । मंगलबार बिहान घटनास्थलमा पुगेका सोलस्थित नेपाली दूताबासका श्रम सहचारी अनिलकुमार गुरुङले जनाए अनुसार आइतबार साँझ फुलबारी मालिकको मोटरसाइकल लिएर घुम्न निस्केका थापाको बुआन भन्ने ठाउँमा दुर्घटनामा परेको अवस्थामा पछाडिबाट तीब्र गतिमा आएको स्टारेक्स भ्यानले किचेर मृत्यु भएको थियो ।

प्रहरीले भ्यान चालकलाइ पक्राउ गरी बिस्तृत अध्ययन गरिरहेको र घटनाबारे परराष्ट्र मन्त्रालय मार्फत परिवारलाई जानकारी गराइएको पनि गुरुङले जनाए । इकान्तिपुरबाट

0 comments

तपाईंको प्रतिकृया