काठमाडौं २४ कात्तिक । एकीकृत नेकपा माओवादीले आफ्नो अनुमति लिएर नै मेची महाकाली जागरण अभियान चलाएको निर्वाचन आयोगले बताएको छ । एमाओवादी मेची महाकाली अभियान आचार सहिता विपरित भएको जनाउदै नेपाली कांग्रेसले निर्वाचन आयोगमा उजुरी दिएको थियो।
आइतबार आयोजित पत्रकार सम्मेलनमा निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले एमाओवादीले आयोगको अनुमति लिएर मात्र अभियान चलाएको बताए । ‘मेची महाकाली अभियान अनुमति लिएर नै भएको हो । सभा जुलुस गर्न पाइन्छ’ उनले भने(’बाटो भने अवरुद्ध गर्न पाइँदैन । कसैले गरे हामीले नगर्न सचेत गराउँछौं ।’
दलहरुले माग गरेपछि आचारसंहिता अनुहार हेलिकोप्टर प्रयोग गर्न अनुमति दिएको भन्दै उनले कुनै दललाई भेदभाव नगरेको बताए। एउटा दलले २ करोड ५१ लाखसम्म खर्च गर्न पाउँछन्’ उहाँले भन्नुभयो(’एउटै निर्वाचन क्षेत्रमा ५० लाख, १ करोड खर्च गरेको पाइएमा भने हामी कारवाही गछौं ।’ आयोगले तराईका जिल्लामा हेलिकोप्टर प्रयोग गर्न नदिएको तर, दुर्गम र हिमाली क्षेत्रमा भने दिएको उनको भनाई छ । २०६४ को निर्वाचनको तुलनामा यो पटक राजनीतिक दल, उम्मेदवार, सञ्चार माध्यम सबैले आचार संहिता पालना गरेको आयुक्त यादवले बताए ।
मेची महाकाली अभियान अनुमति लिएर भएको निर्वाचन आयोगको स्पष्टोक्ति

0 comments
तपाईंको प्रतिकृया