मतदातालाई भेट्न डा भट्टराई बुटवल आउंदै
बुटवल, १२ मंसिर । चुनाव जितेपछि विरलै नेताहरुले आफ्नो क्षेत्रमा फर्कने चाहना गर्छन । हारे पछि गांउनै नर्फकने धेरै उम्मेदवारहरु भेटिन्छन । त्यसैले त मतदाताले ति नेताहरुलाई चुनाव ढुकेर बसेका हुन्छन । फेरी तिनै नेता चुनावमा उठे गुल्टाईदिन पनि पछि पर्देनन ।
उदाहरणको लागी धेरै टाढा जानु पर्देन । गुल्मी क्षेत्र नं १ मा पुगे हुन्छ । २०५६ साल भएको संसदीय निर्वाचनमा एमालेका उम्मेदवार फटिक थापाललाई जनताले जिताएर पठाए । फर्किएर आफूले चुनाव जितेको गाउ“मा गएनन । उनले अर्काे पटक उम्मेदवारी दिने इच्छा पनि दिएनन ।
एमाओवादीका नेता सुदर्शन बराललाई त्यहाका जनताले २०६४ सालको संविधानसभा सदस्य निर्वाचनमा अत्यधिक मत दिएर पठाए । तिनलाई पनि आफ्नो क्षेत्रमा नआएको भन्दै २०७० मंसिर ४ गते भएको निर्वाचनमा पछारी दिए । अहिले कांग्रेसका कृष्ण वहादुर छन्त्याल थापाले विजयी भएका छन ।
रुपन्देही ४ र गोरखा १ वाट उम्मेदवारी दिएका एमाओवादी नेता डा बावुराम भट्टराई रुपन्देही ४वाट पराजित भए । पराजय भोग्नु परेपनि पनि उनि यहा“का मतदाताहरुलाई भेटेर आभार व्यक्त गर्न बुटवल आउदै छन ।
डा भट्टराईका स्वकीय सचिव विश्वदिप पाण्डेले मतदातसामु महिनाको एक पटक मतदातालाई भेट्ने प्रतिवद्धता अनुसार यहा“का मतदाताहरुलाई भेट्न डा भट्टराई बुटवल आउन लागेका जानकारी दिए । नेता डा. बाबुराम भट्टराई शुक्रबार बुटवल आउने भएका हुन ।
डा भट्टराईले चुनावी प्रचार सभामा भनेका थिए – म जितेपनि हारे पनि निरन्तर लुम्विनीको विकासमा लागी रहनेछु । सुख दुखमा मतदाताहरुसंगै रहने छु ।’
एमाओवादी रुपन्देहीका संयोजक यज्ञ पोख्रेलका अनुसार डा भट्राईले कार्यकर्ता, शुभचिन्तक तथा मतदाता भेटघाट गर्ने मतदातालाई धन्यवाद ज्ञापन गर्ने तथा चुनावी समीक्षा, लगायतका कार्यक्रमका सहभागी हुने छन ।
डा भट्टराईले मंगलबार नै एमाले सचिव तथा रुपन्देही क्षेत्र नं. ४ बाट संविधानसभा सदस्य निर्वाचित विष्णु पौडेललाई फोनमार्फत बधाई दिईसको छन ।

0 comments
तपाईंको प्रतिकृया