बुटवलमा औद्योगिक व्यापार मेलाको तयारी
बुटवल, १३ मंसिर । बुटवल उद्योग बाणिज्य संघको आयोजनामा बुटवलमा हुन लागेको औद्योगिक व्यापार मेला तथा कृषि एवं पर्यटन महोत्सवको तयारी तिब्र पारिएको छ ।
महोत्सव पुस ९ गते सुरु भई २१ गतेसम्म चल्ने छ । मेलास्थल बुटवलमण्डपमा सचिवालय स्थापना गरी तयारी गरिएको संघले जनाएको छ। । संघका अध्यक्ष सुरेन्द्र प्रसाद श्रेष्ठको संयोजकत्वमा मुल आयोजक समिति र पदाधिकारी तथा सदस्यहरुको संयोजकत्वमा गठित बिभिन्न उप समितिले मेला तयारीलाई तिब्र पारेका छन । बुटवलमण्डपमा सरसफाई गरी स्टल निर्माणको तयारी गरीएको छ । मेलामा प्रबिधि तथा उत्पादनमुलक कृषि जन्य उद्योगहरुको सहभागिताका लागि अहिले बिशेष पहल गरीरहेको स्टल सहभागि बितरण उपसमितिका संयोजक खिम बहादुर हमालले जानकारी दिए ।
त्यस्तै दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्न र यस क्षेत्रमा रहेका प्रतिभाहरुको प्रोत्साहन तथा राष्टिय स्तरमा पहिचानका लागि भ्वाईस अफ बुटवलको प्रतिष्पर्धा, लोक दोहोरी गित प्रतियोगिता सहित अन्तर क्याम्पस तथा बिद्यालय स्तरीय बक्तृत्वकला प्रतियोगिताहरु मेला कै अवसरमा आयोजना गरीने उपाध्यक्ष कृष्ण कुमार श्रेष्ठले जानकारी दिए ।
२०४१ सालमा बुटवलमा पहिलो पटक औद्योगिक प्रर्दशनी आयोजना गरेका संघको यस पटकको मेला चौधौं हो । संघले बुटवलमा अन्य सस्थासंगको आलोपालोमा मेला तथा प्रर्दशनी र हरेक २।२ बर्षमा कृषि मेला आयोजना गर्दै आएको छ । मेलामा करिव ५ सय स्टल रहने र ५ लाख दर्शकलाई अवलोकन गराउने आयोजकले लक्ष्य लिएका छन ।

0 comments
तपाईंको प्रतिकृया