खोटाङमा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप
खोटाङ २६ कात्तिक । खोटाङमा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएको छ । चिउरीडाँडामा चुनावी प्रचारका क्रममा रहेको दुवै तर्फका कार्यकर्ताबीच झडप भएको हो । झडपमा परी एमालेका ४ जना कार्यकर्ता घाइते भएका छन् । जिल्ला प्रशासनको कार्यालय खोटाङले भने पार्टीगत झडप नभई आन्तरिक रुपमा भएको रिसिबीका कारण दुई पक्षीय झडप भएको जनाएको छ ।
0 comments
तपाईंको प्रतिकृया