Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
कोर्ष परिवर्तन गर्न आवश्यक छैन: भट्टराई

सुपरखबर संवाददाता
बुटवल १४ मंसिर – एनेकपा माओवादीका वरिष्ट नेता  डा बावुराम भट्टराईले पार्टीले लिएको कार्यनिती ‘कोर्ष’परिवर्तन गर्नु पर्ने परिस्थिती नआएको बताएका छन ।
चुनावमा अप्रत्यासित पराजीत भएपछि एमाओवादीका कतिपय नेताहरुले कोर्ष चेन्ज गर्नु पर्र्ने धरणाहरु सार्वजनिक गरिरहेकोे बेला नेता भट्टराईले कोर्षलाई चेन् ज गर्न आवश्यक नपर्ने बताउदै बरु करेक्सन गर्नु पर्ने बताए ।
शुक्रवार बुटवलमा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रमा उनले भने– हिड्दा लडियो भनेर बाटो नै काम छैन भन्नु राम्रो हुदैन खाल्टा खुल्टीलाई पुर्देै धरापलाई पन्छाउदै हिड्नु पर्छ । ’ उनले आन्तरिक तथा वाह्य कारणले निर्वाचनमा अपेक्षित परिणाम आउन नसेको बताउदै आन्तरिक तर्फ आत्मसमिक्षा गरी अघि बढ्नु पर्ने धारणा ब्यक्त गरे । 
उनले संविधान सभाको निर्वाचन पनि वर्ग संघर्षको एउटा पाटो भएको वताउदै वर्ग संघर्षका रुपहरु फरक फरक हुने बताए । भने– संविधानसभा मार्फत नै परिवर्तनलाई संस्थागत गर्देै समाजवादी क्रान्तिमा लाग्नु अहिलेको आवश्यकता हो ।’ नेता डा भट्टराईले निर्वाचनमा हराईएकोमा चिन्ता भन्दा पनि परिवर्तनलाई कसरी संस्थागत गर्न सकिन्छ भन्नेमा चिन्ता लिनु पर्ने अवस्था आएको बताए । उनले भने– संविधानसभा विघटन हुनु पहिलो हाम्रो गल्ती थियो । यथास्थितीवादीहरु परिवर्तनलाई संस्थागत हुन नदिन प्रकृयालाई लम्वाए ।’ उनले विगतमा भएको गल्तीलाई आत्मसमिक्षा गर्दे संघियता ,जातिय पहिचान, धर्मनिरपेक्ष र लोकतान्त्रिक गणतन्त्रलाई कसरी संस्थागत गर्न सकिन्छ भन्ने दिशामा लाग्नु पर्ने बताए ।
मतदाताहरुलाइ धन्यवाद दिन वुटवल आएका डा भट्राईले कार्यकर्ता, शुभचिन्तक तथा मतदाता भेटघाट गर्ने मतदातालाई धन्यवाद ज्ञापन गर्ने तथा चुनावी समीक्षा, लगायतका कार्यक्रमका सहभागी हुने एमाओवादी रुपन्देहीले जनाएको छ । उनले जिते पनि हारे पनि महिनाको एक पटक वुटवल आउने प्रतिवद्धता जनाएका थिए । सोही प्रतिवद्धता पुरा गर्न डा भट्टराई शुक्रवार यहा आएका हुन । 

0 comments

तपाईंको प्रतिकृया