एजेण्डा सम्बोधन नभए भयावह:भट्टराई
बुटवल १५ मंसिर । एमाओवादी वरिष्ठ नेता डा बाबुराम भट्टराईले पार्टीले सारेका विभिन्न माग तथा एजेण्डाहरुलाई सम्बोधन गर्न कांग्रेस एमाले तयार नभए त्यसको परिणाम भयावह हुने चेतावनी दिएका छन ।
निर्वाचनमा व्यापक धाधली भएको प्रमाणहरु जुटिरहेको वताउदै निष्पक्ष छाननिको लागी आयोगको गठन र मतगणनाको पुनरावलोकनलाई हल्का रुपमा लिए अवस्था गम्भिर हुने उनको भनाई थियो । एमाओवादी नेता भट्टराईले मतदान तथा गणनामा भएका षडयन्त्रको छानविन गरी सत्यतथ्य बाहिर नल्याएर निर्वाचनको बैद्यतामाथि नै प्रश्न आउने बताए ।
उनले षडयन्त्र गरेर चुनावको नतिजा पार्टीको पक्षमा पार्न नदिएको भन्दै यसबाट पार्टी विचलित नहुने बताएका छन । नेता भट्टराईले नेपाली क्रान्ति गंभिर मोडमा रहेको वताउदै संक्रमण कालिन परिस्थितीम सचेत भएर अगाडी वढ्ने बताए ।

सनिवार वुटवलमा पत्रकारहरुसंग उनले भने– हामी चुनावी नतिजावाट विचलित हुदैनौ नया परिस्थिीको सामाना गर्दै परिवर्तनलाई संस्थागत गर्ने दिशामा अघि वढ्छौ ।’ अर्काे प्रसंगमा डा भट्टराईले नया“ जनादेशस“गै राष्ट्रपति र उपराष्ट्रपति पनि परिवर्तन हुनुपर्ने बताए । नया“ निर्वाचन मार्फत जनप्रतिनिधीहरु नै नया“ आएकाले नया प्रकृया शुरुवात गर्नु पर्ने बताए ।भट्टराईले आफ्नो पार्टी पुराना जनप्रतिनिधिहरुलाई निरन्तरता दिने पक्षमा नरहेको पनि बताए ।

0 comments
तपाईंको प्रतिकृया