लुम्बिनी प्रदेश बनाउन लागिपर्ने पौडेलको भनाई
बुटवल, ८ मंसिर । नेकपा एमालेका सचिव तथा संविधानसभा सदस्यका लागि रुपन्देही क्षेत्र नं. ४ बाट निर्वाचित सभासद विष्णु पौडेलले लुम्बिनीको पहिचान स्थापित गराउन आफू लागिपर्ने बताएका छन ।
यस क्षेत्रको लागि लुम्बिनीभन्दा अर्को पहिचान छैन भन्दै पौडेलले नेपाललाई नचिन्नेले पनि लुम्बिनीलाई चिन्ने भएकाले संघीयतामा आफू लुम्बिनी प्रदेशका लागि लागिपर्ने बताए ।
एमाले निर्वाचन परिचालन कमिटी रुपन्देही क्षेत्र नं ४ द्वारा आज बुटवलमा आयोजित पत्रकार सम्मेलनमा पौडेलले लुम्बिनीबाट पुग्ने योगदान असीमित भएकाले यसको विकासमा जोड दिए ।
निर्वाचनका बेला भएका तीता घटना बिर्सन आग्रह गर्दै पौडेलले एमाओवादीका वरिष्ठ नेता डा। बाबुराम भट्टराई गोरखा १ बाट विजयी हुनुभएको मा बधाई समेत दिए । उनले नेपाली कांग्रेसका नेता सूर्यप्रसाद प्रधानलाई आभार व्यक्त गरे । एमाओवादी वरिष्ठ नेता भट्टराईलाई आफ्ना घनिष्ठ साथी भन्दै पौडेलले निर्वाचनको पूर्वसन्ध्यामा भट्टराईले आफूसंग स्वच्छ प्रतिष्पर्धाको प्रस्ताव राखेको खुलासागरे ।
आफू अब संविधान निर्माणको लागि निष्ठापूर्वक लाग्ेन भन्दै उहा“ले अब एकलद जातीय पहिचान स्वीकार्न नसकिने बताए । सो अवसरमा निर्वाचन परिचालन कमिटी रुपन्देही क्षेत्र नं। ४ का संयोजक तथा एमाले नेता नेत्र पन्थीले शुभेच्छुक तथा मतदाताहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।

0 comments
तपाईंको प्रतिकृया