कांग्रेसको दुई तिहाई मत सुनिश्चित : देउवा
बुटवल २२ कात्तिक । नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले कांग्रेसको दुई तिहाई बहुमत सहितको जित सुनिश्चित भएको दाबी गरेका छन । पछिल्ला दिनमा कांग्रेसमा जनलहर बढेकाले जितको शुनिश्चित भएको उनको भनाई छ । शुक्रबार रुपन्देही क्षेत्र नं. ४ अन्तरगत बुटवलको वार्ड नं. १४ मा भएको घरदैलो कार्यक्रमपछि आयोजित कार्यक्रममा नेता देउवाले कांग्रेसले चुनाव जिते संबिधान बनाएर देखाउने दावी गरेका छन ।
२००५ सालदेखि बिभिन्न काल खण्डमा आन्दोलनको नेतृत्व गरेको स्मरण गर्दै उनले अव पनि नेपाली कांग्रेसको नेतृत्वमा मात्र संबिधान बन्न जिकीर गरे ।
“नेपाली जनतालाई सार्वभौम सत्ता सम्पन्न गराउने कांग्रेसको अभियानमा नेपाली जनताको साथ र समर्थन हामिले प्राप्त गरेका छौं ।” पूर्व प्रधानमन्त्री समेत रहेको नेता देउवाले भने–“स्वतन्त्र न्याय प्रणाली, प्रेस स्वतन्त्रता, सार्वभौम सम्पन्न जनता, स्वतन्त्र रुपमा बाँच्न पाउने अधिकार सुनिश्चित गराउन हामि चाहन्छौं ।”
अघिल्लो संबिधान सभामा बहुमत प्राप्त गरेका कम्यूनिष्टहरुले संबिधान दिन नसकेको दावी गर्दै पूर्ण लोकतान्त्रिक संबिधानका लागि पनि नेपाली कांग्रेसलाई जिताउन उनले आग्रह गरे । प्रत्यक्ष तथा समानुपातिकमा पनि नेपाली कांग्रेसलाई नै मतदान गर्न आग्रह गर्दै उनले कांग्रेसको दुई तिहाईको बहुमतले मात्र नेपाली कांग्रेसले परिकल्पना गरेको संघीय संरचना सहितको संबिधान आउन सक्ने उनको भनाई थियो ।
नेपाली कांग्रेसले सुक्रबार बुटवलको वार्ड नं. १४ मा उमेद्वार सहित घरदैलो गरेको नगर सचिव प्रजापाल गिरिले जानकारी दिए । घरदैलोमा उमेद्वार सुर्यप्रसाद प्रधान सहित क्षेत्रीय पदाधीकारीहरु, नगर तथा वार्डका पदाधीकारीहरु सहभागि थिए । त्यस्तै प्रचारका अन्य कार्यक्रमलाई पनि निरन्तरता दिईएको क्षेत्रीय प्रचार समितीका सहसंयोजक तथा बुटवल नगर समितीका सभापति खेलराज पाण्डेले जानकारी दिए ।

0 comments
तपाईंको प्रतिकृया