Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
‘संविधान बनाउन कंग्रेसलाई बहुमत’

बुटवल २३ कात्तिक । नेपाली कंग्रेसका केन्द्रिय प्रचार विभागका प्रमुख डा. मिनेन्द्र रिजालले लोकतान्त्रीक संविधान बनाउन नेपाली कंग्रेसलाई स्पष्ट बुहमत दिन आग्रह गरेका छन् ।
उनले मुलुकलाई कता लैजाने भन्ने दिशानिर्देश गर्ने मुल कानुन बनाउने संविधान सभा कम्युनिष्टहरुको हातमा गए फेरि पनि मुलुक संकटमा फस्ने दावी गरे । उनले विगतको संविधान सभामा एमाओवादीको अतिवादी र जातिवादी संकृर्ण सोचका कारण संविधान बन्न नसकेको बताए ।
शनिबार रुपन्देहीको मणिग्राममा नेपाली कंग्रेस क्षेत्र न ३ को क्षत्रिय आमसभामा बोल्दै उहांले लोकतान्त्रका अधारभुत सिद्धान्तहरुको खिल्ली उडाउर्दै निरङकुस शासनको सपना देखेको माओवादीका कारण पहिलो संविधान सभाको अवसान भएपनि यस पटक कंग्रेस पहिलो शक्ति बनेर उदाउने दावी गरे । नेकपा एमाले पनि विना अडानको पार्टि भएका काराण जनतामा भ्रम छर्न बाहेक कुनै काम गर्न नसकेको तर्फ गरे । विश्वमा जति पनि मुलुकहरु विकासको गतिमा लम्कीएका छन् ति सबै कम्युनिष्ट शासनको पतनपछि मात्र अघि बढेको भन्दै विश्वमै पतनको वाटोमा रहेको कम्युनिष्ट शासनको परिकल्पना नेपालमा लागु गर्नेहरु मानसिक रोगी भएको टिप्पणी गरे । कार्यक्रममा नेपालीक कंग्रेसका केन्द्रिय सदस्य एवं क्षेत्र न ३ का उमेदवार बालकृष्ण खाणले कम्युनिष्टहरुलाई झुटको खेती छाडेर जनताको पक्षमा राजनिति गर्न चुनौती दिए ।

0 comments

तपाईंको प्रतिकृया