Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
के छापिए आज बुटवलको पत्रपत्रिकामा

बुटवल १२ मंसिर । पत्रकारितामा मोफसलको राजधानी मानिने बुटवलबाट प्रकाशित हुने दैनिक पत्रपत्रिकाले बुधवार सामाजिक मुद्धाका समाचारलाई प्राथमिकता दिएका छन ।
राजनितीक मुद्धालाई प्राथमिकता दिदै आउने ति पत्रपत्रिकाले सामाजिक मुद्धाका समाचारलाई प्राथमिकता दिएका हुन । यस अघि चुनावी समाचारलाई प्राथमिकता दिदै आएका थिए । वुधवार विहान सुपरखवर डटकमलाई प्राप्त पत्रपत्रिकामाहरुमा समामाजिक मुद्धालाई प्राथमिकताका दिइएको छ ।
 राष्ट्यि दैनिक बुटवल टुडेले चिनी उद्योग संचालन गर्न माग शिर्षकको समाचारलाई प्राथमिकताका साथ छापेको छ । त्यसै गरी मतदाता शिक्षा प्रभावकारी नहुदा वदर मत बढ्यो शिर्षकको समाचारलाई पनि प्राथमिकता दिएको छ ।
त्यसैगरी दैनिक लुम्विनीले राष्ट्पतिबारे बहस शुरु शिर्षकको समाचारलाई पहिलो समाचार बनाएको छ भने यो वर्ष बुटवलमा १२ करोडको सुन्तला कारोवार हुने , हिउदमा पलाउने मुलको जलविद्युत जीर्ण शिर्षकको समाचारलाई प्राथमिकता दिई प्रकाशित गरेको छ । बुटवलवाट बुटवल टुडे, दैनिकपत्र, नव तिलोत्तवमा, नयां भावना, मेचीकाली, दैनिक लुम्विनी र सैनामैना गरी ७ वटा दैनिक पत्रपत्रिका प्रकाशित हुने गर्दछ । सुपरखवर डटकमले ति पत्रपत्रिकाको समाचारका विषयमा अनलाईन माध्ययमवाट देश विदेशमा रहनुहुने सुपरखवर डटकमका भियर्सहरुलाई जानकारी गराउने उदेश्यले पत्रपत्रिकाको संगालो के छापिए आज बुटवलको पत्रपत्रिकामा कोलमको शुरुवात गरेको छ । सुपरखवर डटकमले विहान प्राप्त गरेका पत्रपत्रिकाको अघिल्लो पेजको फोटो सहित समाचारलाई स्थान दिने जनाएको छ ।

0 comments

तपाईंको प्रतिकृया