Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
बहुमत कसैले रोक्न सक्दैन : प्रचण्ड

‘बम पड्काएर जनता तर्सदैनन’
स्याङजा, २८ कार्तिक । एकीकृत (माओवादी)का अध्यक्ष प्रचण्डले देशभरि एमाओवादीको पक्षमा उर्लेको जनलहर र पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म जनता परिवर्तनको पक्षमा रहेकाले पनि एमाओवादीको पक्षमा बहुमत आउन अब कुनै पनि शक्तिले रोक्न नसक्ने ठोकुवा गरेका छन ।
बिहीवार दिउँसो स्याङजाको पुतलीबजारमा भएको जनसभालाई सम्वोधन गर्दै एमाओवादी अध्यक्ष प्रचण्डले ठुलो दल भएर मात्र नयाँ संविधान र स्थिर सरकार बनाउन नसक्ने भएकाले पनि यसपटक एमाओवादीलाई स्पष्ट बहुमत दिएर देश निकास हुने बताएको हुन । उनले  पटक–पटक काँग्रेस र एमालेलाई नेपाली जनताले विश्वास गरे पनि उनीहरुले जनताको विश्वासमा घात गरेको भन्दै यसपटक अग्रगमन र परिवर्तनका एजेण्डा बोकेको पार्टीलाई स्पष्ट बहुमत दिए मात्र देशलाई राजनीतिक निकास र नयाँ संविधान अनि विकास पाउने ठोकुवा गरे ।
नयाँ संविधान, परिवर्तन र संघीय गणतन्त्रका लागि दश वर्षीय जनयुद्धमा दशौं हजार नेपालीका छोराछोरीले रगत बगाएको स्मरण गराउँदै उनले ती रगतको सम्मान गर्न पनि परिवर्तनकारी शक्तिलाई भोट हाल्नु पर्ने बताए । वैद्य माओवादी चुनाव छोडेर वहिष्कारको राजनीतितिर लागेको बताउँदै अध्यक्ष प्रचण्डले चुनावमा जनता होमिरहेको अवस्थामा एक दुई ठाउँमा बम पड्काएर जनता कहिल्यै नतर्सिने बताए । जनताको अगाडि कुनै पनि शक्तिको केही लाग्दैन भन्दै उनलेँले जनताले चढेको बसमा आगो लगाएर असली देशभक्त हौं भनेर कसैले भन्न नहुने बताए ।
सबै जाति, वर्ग, क्षेत्र लिङ्गको अधिकार नयाँ संविधानले मात्र सुनिश्चित गर्ने भएकाले नयाँ संविधान र देशको विकास गर्ने बाहक एमाओवादीलाई जिताउनुबाहेक अरु विकल्प नभएको बताए । ०४७ सालकै संविधान ठिक भन्नेहरु अहिले संविधानको नारा बोकेर जनतामाझ जानु निक्कै लाजमर्दो भएको बताउँदै उनले झुठ्ठा आश्वासनका पछाडी झुक्किएर पनि नलाग्न नेपाली जनतालाई अपील समेत गरे ।

0 comments

तपाईंको प्रतिकृया