फाईवरका झ्याल ढोकाको शोरुम शुभारम्भ
सुपरखबर संवाददाता
बुटवल १४ मंसिर
बुटवल १० स्थित नवदुर्गा टे्ड इन्टरनेशनलले सुर्य किरण फाईवर उद्योग द्धारा उत्पादीत वस्तुको विक्रि वितरण शुरु गरेको छ ।
उद्योगवाट उत्पादीत फाईवरका ढोका तथा चौकोस फ्रेम, झयाल डेक्स वेन्च टेवलहरु, पानी टंकी ,कर्कत पाता सादा पाता , डिजाईनिङ पाताका मध्ये फाईवर ढोका तथा चौकोस फ्रेम, झयाललाई प्राथमिकता दिई शोरुमवाट विक्रि शुरु गरिएको संचालक अनिल कुमार जैसवालले जानकारी दिए ।
शो रुमको एक कार्यक्रम विच शुक्रवार राष्ट्यि उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष मनिष जोशीले शोरुमको उद्घाटन गरेको थिए ।
सो अवसरमा उनले स्वदेशी उद्योगलाई प्रोत्साहनको कमी भएको बताउदै स्वदेशी उद्योगले मुलुकलाई आत्मनिर्भर वनाउन सघाउ पुराउने बताए । संचालक जैसवालले उद्योगले अहिले विभिन्न मोडलका ढोकाहरु उत्पादनलाई प्राथमिकता दिएको जानकारी दिए ।
उनका अनुसार फाईवर ढोकाको मुल्य न्युनतम १० देखी अधिकतम १६ हजार रुपैया सम्म पर्छ । फाईवरको ढोका घामपानी तथा मौसमले नबिग्रने, कहिलै रंगरोगन गर्नु नपर्ने नपराङगीने विशेषताहरु रहेको जानकारी दिदै संचालन जैसवालले ढोकामा १५ वर्षको वारेण्टी रहेको बताए । टेम्पल, भक्तपुरे मोडलका ढोका ग्राहकको रोजाईमा परेको उनले बताए । नवदुर्गा टे्ड इन्टरनेशनलले फाइवर झ्याल ढोका बाहेक सिमेण्ट व्रिक, कलरको समेत विक्रि वितरण गरेको जनाएको छ ।

0 comments
तपाईंको प्रतिकृया