सरस्वती माविमा रजत महोत्सवको तयारी
बुटवल,१३ मंसिर । रुपन्देहीको दुधराक्ष गासिस –७ देउवापार स्थित सरस्वती माध्यमिक विद्यालयले रजत महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । वि सं २०४४ मा स्थापना भएको उक्त विद्यालयले रजत जयन्ती महोत्सवको रुपमा मनाउन लागेको हो ।
विद्यालयले बिहीबार पत्रकार सम्मेलन गरी आईतवार मनाउन लागेको महोत्सवको तयारीको वारेमा जानकारी गराएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ठाकुर प्रसाद पाण्डेले रजत महोत्सव सम्पन्न गर्नको लागि प्रचार–प्रसार उपसमिति, सा“स्कृतिक उपसमिति, मञ्च व्यवस्थापन उपसमिति, स्मारिका उपसमिति, जलपान उपसमिति गठन गरेको जानकारी दिए । महोत्सवको उद्घाटन नेपाली क“ाग्रेसका नेता तथा त्यस क्षेत्रका नवनिर्वाचिन सभाषद् भारतकुमार शाहले गर्ने विद्यालयका प्रधानाध्यापक यदुनाथ ज्ञवालीले जानकारी दिए । महोत्सवमा मावि स्तरीय हाजिरीजवाफ प्रतियोगिता, चम्पा रेस, कुर्ची रेस, फुटवल प्रतियोगिता, दौड प्रतियोगिता, नृत्य र विभिन्न सांस्कृतीक कार्यक्रम राखिएको ज्ञवालीले बताए ।
साथै राष्ट्रिय कालाकारहरुले विभिन्न गीत प्रस्तुत गर्ने बताईएको छ । विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष एकदेव पौडेल सबै क्षेत्रको सहयोग र सदभावको कारण अहिले विद्यालय जिल्लाकै राम्रा विद्यालयको रुपमा परिचित हुन सफल भएको बताए ।
निमाविको शिक्षक कर्मचारी दरवन्दीले मावि संचालन गरिएको उक्त विद्यालयमा करिव ५ सय विद्यार्थी अध्ययन गर्दछन ।
महायज्ञवाट संकलन भएको रकमवाट ८ कोठे नया भवन तयार गरिएपनि आर्थिक अभावको कारण भवनको माथिल्लो तला फिनिसिङ गर्न बाकी रहेको विद्यालयले जनाएको छ । आर्थिक अभावकै कारण खानेपानीको टयाङकी बनाउन र विद्यालय कम्पाउण्ड तारवार गर्न नसकिएको प्रम ज्ञवालीले बताए ।

0 comments
तपाईंको प्रतिकृया