रक्सीको बाजीले युवकको लियो ज्यान
मुगु, १५ मंसिर (रासस)– कसले बढी रक्सी खान सक्ने भन्ने विषयमा दुई युवाबीच बाजी पर्दा जिल्लाको पश्चिम खत्याड भेगमा पर्ने गम्था गाविसमा एक युवकको ज्यान गएको छ ।
गम्था– ८ स्थित थारा गाउँका २२ वर्षीय वीरसिंह भियाल र २३ वर्षीय लुहारे विकबीच पानी नमिसाएको रक्सी कसले बढी खान सक्छ भन्ने बाजी परेपछि सोही गाउँका स्थानीय पसले उपेन्द्र विकको पसलमा पानी नमिसाएको सिलबन्दी रक्सी खाँदा २२ वर्षीय भियालको मृत्यु भएको स्थानीयवासीले बताएका छन् ।
जसले पानी नमिसाएको १० क्वाटर रक्सी खान सक्छ उसले खाएको रकम अर्कोले तिर्ने बाजी परेपछि भियाल सात क्वाटर रक्सी खाएपछि बेहोस भएका थिए । बेहोस भियाललाई थारा गाउँबाट माथिचौरमा रहेको निजी मेडिकलमा उपचार गर्न ल्याउँदाल्याउँदै रगत बान्ता गरेर बीच बाटोमा नै उनको मृत्यु भएको स्थानीयवासीले बताए ।
मृत्युपछि भियालको शव जिल्ला अस्पतालमा परीक्षण गरी जलाइसकिएको छ । सो घटनाका विषयमा मृतकका परिवार र स्थानीयवासी कसैले पनि जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छैनन् ।

0 comments
तपाईंको प्रतिकृया