मतदाताको भावना कदर गर्ने पौडेलको प्रतिवद्धता
उनले आम मतदाताहरु एमालेप्रति पुरै विश्वस्त रहेको बताउदै यसपटक संविधान निर्माण जुनसुकै हालतमा पुरा गरेर छाड्ने प्रतिबद्धता ब्यक्त गरे वुधवा वुटवलका विभिन्न वडामा घर दैलो पछि यस्तो वताएका हुन । नेता पौडेलसंग मतदाताहरुले विकास कार्यक्रमलाइृ प्राथमिकता दिन आग्रह गरेका थिए ।
बुटवल १२ को घरदैलोमा हिंडेका नेता पौडेललाई मतदाताहरुले शुभकामना दिएका थिए । विजयको कामना होइन,सुनिश्चित भइसकेको भन्दै बधाई दिए । नेता पौडेलले अबको १० वर्षभित्र युवाहरुलाई स्वदेशमै रोजगारीको ग्यारेन्टी गर्ने आफ्नो पार्टीको प्रतिबद्धता ब्यक्त गरे ।
उता नेकपा एमालेका केन्द्रीय सदस्य तथा रुपन्देही क्षेत्र नं. ३ का उम्मेदवार घनश्याम भुसालले असल पार्टी र उम्मेद्वार छुट्टयाएर मात्र मतदान गर्न मतदातालाई आग्रह गरेका छन् । बुधबार करहिया गाविसका विभिन्न स्थानमा आयोजित टोलभेलालाई संबोधन गर्दै नेता भुसालले विगतमा कुन दलले के ग¥यो ?, कुन दलको कस्तो नीति छ ? भन्ने कुरालाई मतदाताले यो बेलामा विचार गर्नुपर्ने बताए ।
उनले विगतमा का“ग्रेसले पटक–पटक सत्ताको नेतृत्व गर्दा गरेका काम र एमालेले २०५१ सालमा ९ को अवधिमा गरेका कामको यो बेलामा मतदाताले मूल्याङ्कन गर्नुपर्ने बताए ।

0 comments
तपाईंको प्रतिकृया