३ सय २ जना समानुपातिक उम्मेद्वारको उम्मेदवारी रद्द
काठमाडौं २९ कात्तिक । निर्वाचन आयोगले मापदण्ड नपुगेको भन्दै विभिन्न दलका ३ सय २ जना समानुपातिक उम्मेद्वारको उम्मेदवारी रद्द गरेको छ ।
खारेजीमा परेका समानुपातिक उम्मेद्वारहरुमा उमेर नपुगेका १ सय ४८ जना छन् । त्यस्तै मतदाता नामावली सूचीमा नाम नभएका ७६ र एक भन्दा बढी दलबाट सिफारिस भएकाहरुमा ४८ जनाको नाम सूचीबाट हटाइएको छ ।
यस्तै समानुपातिक र प्रत्यक्ष दुबैतर्फ नाम रहेका १९ जनाको पनि उम्मेद्वारी खारेज भएको छ । ६ जनाले भने आफ्नै स्वेच्छाले नाम फिर्ता लिएका छन् । उम्मेद्वारी रद्द हुनेमा पुरुषभन्दा महिला बढी छन् ।
विजय गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका मात्रै ५२ महिला र १२ पुरुष गरी ६४ जनाको उम्मे्वारी खारेज भएको छ ।निर्वाचन आयोगले शुक्रबार पत्रकार सम्मेलनमार्फत दिएको जानकारीअनुसार एमालेका दुई महिलाको उम्मेद्वारी खारेज भएको छ । एमाओवादीका वालकृष्ण ढुंगेल उषा साह फकिर र थप एक महिलाको उम्मेद्वारी खारेज भएको छ । नेपाली कांग्रेसका एक पुरुषको मात्रै उम्मेद्वारी खारेज भएको छ ।
गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकका ५२ महिला र १२ पुरुषसहित ६४ जनाको उम्मेद्वारी खारेज भएपछि अब ऊसँग २ सय ७१ उम्मेद्वारमात्रै बँकी रहेका छन् । राप्रपाका १६ महिला र १ पुरुषको उम्मेद्वारी खारेज भएको छ । राप्रपा नेपालका पाँच महिलाको उम्मेद्वारी रद्द भएको छ ।सीपी मैनाली नेतृत्वको नेकपा मालेका २ पुरुष र २ महिलाको उम्मेद्वारी खारेज भएको छ । नेपाल मजदुर किसान पार्टीका एक पुरुषको उम्मेद्वारी खारेज भएको छ । अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीका ५ जना महिलाको उम्मेद्वारी खारेज भएको छ । मधेसी जनअधिकार फोरम नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी, तमलोपा र सद्भावना पार्टीबाट भने एकजनाको पनि उम्मेद्वारी खारेज भएको छैन । आयोगका अनुसार मंसिर ४ मा हुने संविधानसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ बन्दसूचीमा पेश भएका कुल ११ हजार ११ उम्मेदवारको नाममध्ये अब १० हजार ७०९ जना उम्मेदवारको नाम कायम भएको छ ।

0 comments
तपाईंको प्रतिकृया