Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
न्यू जेनेरेशन एस रेन्जको बिक्रि शुभारम्भ



बुटवल ११ मंसिर–  टाटा एस रेन्जको अत्याधिक सफलता पछि टाटा मोटर्सले ३ नयाँ मोडल टाटा इएक्स २, टाटा एसिइ एच टि २, टाटा एसिइ एच टि २ हाई डिक नेपाली बजारमा ल्याएको छ ।
टाटा एस रेन्ज सानो हात्तीको रुपमा बिश्वभर ख्याती बटुल्न सफल, ब्यवसायीको एकमात्र रोजाई बनेको थियो ।  नेपालमा नै पहिलो पटक एकै दिन मंगलवार देशका दश प्रमुख शहरहरुबाट बिक्रि शुभारम्भ गरीएको यी साना व्यबसायीक गाडीहरुलाई नयाँ पुस्ताको गाडी न्यू जेनेरेसन एस रेन्जको  नामले प्रस्तुत गरीएको छ ।
काठमाडौं, वीरगंज, नारायणघाट, बुटवल, बिर्तामोड, धनगढी, राजविराज, ईटहरी, पोखरा र नेपालगंजबाट बिक्रि शुभारम्भ गरिएको यी तीनैवटै नयाँ मोडेलहरु बिल्कुलै नयाँ बाहिरी र भित्री बनावटको साथै उपभोक्ताको आवश्यकता अनुसार र नेपाली बजार सुहाउँदो रहेको कम्पनीले जनाएको छ ।
 कम्पनीका अनुसार बहुउपयोगी एस प्लेटफर्ममा निर्मित नयाँ टाटा इएक्स २, टाटा एस एच टि २, टाटा एस एच टि २ हाई डिक आर्कषक र सुविधायुक्त, भरपर्दो, सुरक्षित, सुन्दर तथा आरमदायी छन् ।  ७०२ सि सि को इन्जिन नयाँ प्रविधिजडित आरामदायी स्टेरिङ्ग भएका टाटाका यी तिनवटै मोडेल जस्तोसुकै स्थिति र बाटोमा गुड्न सक्ने क्षमताको रहेको जनाईएको छ ।
कम्पनीले एस इएक्स २ को ११ लाख ५ हजार , एस एच टि २ को  १० लाख ,६० हजार  र एस एच टि २ हाई डिकको १० लाख ,९५ हजार रुपैया मुल्य कायम गरेको छ ।
नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक बिक्रेता सिप्रदी टे«डिङ्ग प्रा. लि. का प्रमुख कार्यकारी अधिकृत  शम्भु प्रसाद दाहालले टाटा मोटर्ससगँ तीन दशक लामो व्यावसायिक सम्बन्ध रहेको बताउँदै  साना व्यवसायिक गाडीको बिक्रिमा बजार क्षेत्र थप बिस्तारित गर्ने योजना बनाएको जानकारी दिए ।
टाटा मोटर्स, इन्टरनेशनल बिजनेश कमसिर्यल भिहिकल्सका प्रमुख आर. टी. वासनका अनुसार
८ बर्षको अन्तरालमा विश्वभर १० लाखभन्दा बढी टाटा एस प्लेटफर्मका गाडीहरु बिक्री गरिसकेका  जानकारी दिए । उनलका अनुसार छन् नेपालमा ६ बर्षमा ३ हजार ५भन्दा  भन्दा बढी गाडीहरु बिक्रि भैसकेका छन्  ।


0 comments

तपाईंको प्रतिकृया