बुटवलमा गुरुकृपा मिष्ठान्न भण्डार सञ्चालन
बुटवल १६, कार्तिक । बुटवलका उपभोक्तालाई भोजन र मिठाइमा नयाँ स्वाद दिने उद्देश्यले श्री गुरुकृपा भोजनालय एण्ड मिष्ठान्न भण्डार शुभारम्भ गरिएको छ ।
बुटवलको मिलनचोक एकता पथमा ३ जनाको करिब ४० लाखको संयुक्त लगानीमा उपभोक्तामाझ गुणस्तरीय, स्वास्थ्यवद्र्धक तथा नयाँ स्वाद दिनका लागि शुद्ध शाकाहारी भोजनालय तथा मिष्ठान्न भण्डार सञ्चालनमा ल्याइएको शनिबार आयोजित पत्रकार सम्मेलनमा सञ्चालक शोभाखर बन्जाडेले जानकारी दिए ।
उनका अनुसार बुटवलका उपभोक्तालाई नेपाली, इण्डियनमा पञ्जाबी, साउथ इण्डियन, चाइनिज परिकारहरु उपलव्ध गराईने छ । उनले भने –‘ लाइभ किचनको समेत व्यवस्था गरेका छौं, जहां हाम्रा ग्राहकले आफुले खाने परिकार कस्तो ठाउँमा कसरी बन्ने रहेछ भनेर हेर्न समेत पाउनुहुन्छ ।’ सञ्चालनमा आएको भण्डारले तिहारको अवसर पारेर विशेष छुट दिने अर्का संचालक सञ्चालक गोविन्द बन्जाडेले जानकारी दिए । भण्डारले यस क्षेत्रका मिठाइका पारखीहरुको स्वादअनुसार मिठाइका परिकारहरु पस्कने सञ्चालक कृष्ण भुसालले दिए । वातानुकुलित हलको व्यवस्था गरिएको जानकारी दिदै उनले उपभोक्ताको माग अनुसार अरु सुविधा थप गर्दै लैजाने बताए ।

0 comments
तपाईंको प्रतिकृया