पानीजहाज दुर्घटनामा ३० को मृत्यु
न्युयोर्क, १२ मंसिर १२–हाइटीबाट अमेरिकाका लागि छुटेको पानीजहाज बहामास सामुन्द्रिक तटमा दुर्घटना हँुदा ३० जनाको मृत्यु भएको छ । १ सय ४० आप्राबासीसहितको पानी जहाज दुर्घटना भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
क्षमताभन्दा बढी यात्रु रहकै कारण, जहाज दुर्घटना भएको अनुमान गरिएको छ । दुर्घटनामा परेका १ सय १० जनालाई भने जिवितै उद्धार गरिएको छ ।सोही समुन्द्री तटमा नै सन् २०११ को डिसेम्बरमा क्युबाका आप्राबासी लिएर आएको पानी जहाज डुब्दा ३८ जनाको ज्यान गएको थियो । एजेन्सी

0 comments
तपाईंको प्रतिकृया