Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
४ दिन सार्वजनिक विदा

काठमाडौ ,२५ कात्तिक। अन्तरीम मन्त्री परिषद्को बैठकले मंसिर ४ को संविधानसभा निर्वाचनलाई लक्षित गर्दै  मंसिर २ गतेदेखि ५ गतेसम्म सार्वजनिक विदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले ४ दिने सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
सरकारले मंसिर २ गतेदेखि ५ गतेसम्म सार्वजनिक विदा दिने निर्णय गरेको हो । बैठकले २ र ३ गते अत्यावश्यक सेवाका सरकारी कार्यालय बाहेक अन्य कार्यालय पनि विदा गर्ने निर्णय गरेको हो । बैठकले सिटिइभीटिसम्वन्धी ऐनलाई विधेययक समिति पठाउने अर्को निर्णय पनि गरेको मन्त्रिपरिषद् सचिवालयले जानकारी दिएको छ ।
यसैविच मन्त्री परिषद्को बैठकले  डेढ हप्ताअघि मात्रै एआईजीमा बढुवा भएका उपेन्द्रकान्त अर्याललाई नेपाल प्रहरीको महानिरीक्षक बनाउने निर्णय गरेको छ । आईजीपीको लाईनमा रहेकी अर्की डिआईजी पार्वती थापाले अर्यालको बढुवाविरुद्ध दिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिनुनपर्ने निर्णय गरेपछि अर्याललाई आईजीपीमा बढुवा गर्न चुनावी सरकारलाई बाटो खुलेको हो । डिआईजी थापाले आफूभन्दा जुनियरलाई बढुवा गरेको भन्दै कात्तिक २१ मा सर्वोच्चमा रिट हालेकी थिइन् । कात्तिक १४ गतेको मन्त्रिपरिषद बैठकले डीआइजी अर्यालललाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको थियो ।आइजीपी कुवेरसिंह रानाले कात्तिक २९ गतेबाट अवकाश पाउने भएकोले उनको स्थानमा अर्याल आइजीपी भएका हुन  ।

0 comments

तपाईंको प्रतिकृया