बुुटवल १५ कात्तिक– संविधान सभाको निर्वाचनको वहिस्कार गदै आएको नेकपा– माओवादी सहितको ३३ दलिय मोर्चाले गरेको पश्चिम क्षेत्र वन्दले दिनभर जनजिवन प्रभावित भएको छ ।
विहानै देखी यस क्षेत्रको उद्योग धन्दा विद्यालय तथा पसल खुलेनन । सवारी साधन विहानैदेखी ठप्प छन । बन्द आवहान गदै हिडेका केही बन्दकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नेकपा माओवादीका केन्द्रिय सदस्य तथा रुपन्देही इन्चार्ज वसन्त श्रेष्ठले भैरहवावाट राज्य समिती सदस्य योगेन्द्र यादव पर्राेहाबाट सेक्रेटरी प्रेम वाग्ले सहित ७ सदस्यलाई प्रहरीले नियन्त्रणमा लिएको सुपर खवर डट कमलाई जानकारी दिए । उनले शान्तिपुर्ण आन्दोलनमा हस्तक्षेप जारी राखे शसक्त आन्दोलन गर्ने बताए । निर्वाचनको वहिस्कार गर्दा आफ्ना कार्यकर्ताहरुलाई हिरासतमा लिएको विरोधमा ३३ दलिय मोर्चाले पश्चिम क्षेत्र बन्दको आव्हान गरेको जनाईएको छ । बन्द ५ वजेदेखी फिता हुने बताईएको छ । यसैविच बन्दकर्ताले बिहान बुटवल बाट पाल्पा जान लागेको ग१ च ११७४ नंम्वरको सेन्ट्रो कार माथी ढुंगा प्रहारगर्दा सिसा फुटेको प्रहरीले जनाएको छ ।
बन्दले जनजिवन प्रभावित

0 comments
तपाईंको प्रतिकृया