Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
के छापिए आज बुटवलको पत्रपत्रिकामा

बुटवल १४ मंसिर  आज शुक्रवार  एकादशी ।  सन २०१३, नोभेम्भर २९ । आज सुपरखवर डटकमलाई बुटवलवाट प्रकासित हुदै आएका ७ दैनिक पत्रपत्रिका मध्ये दुई पत्रिका मात्र प्राप्त भएको छ ।
राष्ट्यि दैनिक बुटवल टुडेले आजको अंकको पहिलो पृष्ठमा सरकार गठनको कसरत शिर्षकमा प्राथमिकता दिएर समाचार प्रकाशित गरेका छ । त्यसै गरी बालविवाह रोक्न निमन्त्रणा कार्डमा निगरानी शिर्षकको समाचारलाई एड.कर समाचार वनाएको छ ।
नवलपरासीवाट संप्रेषण भएका उक्त समाचारमा मधेशमा हुने वालविवाहलाई रोक्न भुजहवा वाल संरक्षण तथा प्रवद्र्धन समितीले यस्तो अभियान संचालन गरेको हो ।
सानैमा वालवालिकाहरुको विवाह गरिदिनु कानुनी तथा सामाजिक अपराध हो भनेर जनचेतना जगाउदै आएका समिती र वाल क्लवका सदस्यहरु मिलेर ढाटछलगरी वालविवाह गर्नेलाई समेत सचेत गराउन यस्तो उपाय अपनाएका हुन । त्यसैगरी संविधानसभामा ३१ दलको प्रतिनिधीत्व हुने र एमाले सचिव तथा यस क्षेत्रवाट हालै निर्वाचित सभाषद विष्णु प्रसाद पौडेल भेटघाटमा व्यस्त भएको समाचारलाई पहिलो पृष्ठमा छापेको छ ।
 त्यसै गरी दैनिक लुम्विनीले अंकुर तोरीको तेल गुणस्तरहीन प्रमाणित भएको समाचारलाई पहिलो समाचार बनाएको छ । रुपन्देहीको पडसरीस्थित गोविन्द आयल इन्ड्ट्ीजद्धारा उत्पादीत अंकुर ब्राण्डको तोरीको खाने तेल गुणस्तरीयहिन भएको प्रमाणीत भएको समाचार प्रकाशित गरेको छ । त्यसै गरी सस्तोमा उखु बेच्न वाध्य, भैरहवाको आखां अस्पताल ३० वर्षमा, क्षेत्रिय पर्यटन मेलाको तयारी तिव्र पारिएको समाचारलाई पहिलो पृष्ठमा समावेश गरेको छ ।

0 comments

तपाईंको प्रतिकृया