Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
राजनितिमा सेक्सको प्रयोग कसरी हुन्छ ?

 पानी– पानी भइन् पूजना
 पछिल्लो समय सेक्स कन्टेन्टलाई नै आफ्नो सिनेमाको मुल विषयवस्तु बनाउन खप्पिस निर्देशकहरुको सुचीमा राजु गिरीको नाम पनि अटाउँछ । गिरी निर्देशित चलचित्रहरु अघिल्ला बिन्दास र चन्द्रावती फिल्ममा समावेश भएका बेड सिन र किस सिनकै कारण चर्चामा रहेका थिए । यहाँ सम्मकी यि दुबै चलचित्रका नायिकाहरुसँग ती दृश्यहरुलाई निर्देशक गिरीको खटपट पनि परेको थियो । अब आएर फेरी निर्देशक राजु गिरी अर्की नायिकाको साथमा अर्को एउटा सेक्स केन्द्रित सिनेमाको निर्देशनमा अघि बढेका छन् । फिल्मको नाम हो, रक्षा । गिरीका अघिल्ला चलचित्रहरु भन्दा रक्षाको विषयवस्तु फरक रहेको बताईएको छ । राजनितिमा सेक्सको प्रयोग कसरी हुन्छ, सिनेमाले यहि कुरालाई मुल विषय बनाएको निर्माण पक्ष बताउँछ । रक्षामा निर्देशक राजु गिरीले नायिका पुजना स्त्रीको साथ पाएका छन् ।
झण्डै पौने दुई लाख नेपाली रुपैंया पारिश्रमिक दिएपछि पुजना चलचित्रमा अभिनय गर्न राजी भएकी हुन् । त्यसो त फिल्ममा नव नायिका राख्ने भनेर पनि निर्देशक गिरी नलागेका होईनन् तर नयाँहरुले फिल्मका निमित्त बेड सिन र किस सिन दिन नाइनास्ती गरेपछि गिरी पुजनाको शरणमा पुगेका हुन् । यता निर्देशक गिरीको प्रस्तावलाई स्विकारेर प्रधान पछि स्त्रिी भएकी पुजनाले जय संगत आश्रममा क्रियाशिल भएपछि अब त उनले फिल्ममा ग्ल्यामर र हट सिन दिन्नन् होला भन्ने सोच बनाएका दर्शकहरुलाई ट्वाल्ल बनाईदिएकी हुन् ।
हाल चलचित्र रक्षाको राजधानीका बिभिन्न स्थानहरुमा छायाँकन भैरहेको छ । यसैक्रममा शनिबार साँझ राजधानीको अनाम नगर स्थित नुतन स्टुडियोजमा हामी पुग्दा नायिका पुजना स्त्री र नायक अशोक फुयाँल फिल्मका निमित्त बेड सिन दिन तत्पर थिए । पहिले बारमा बसी मादकपदार्थको नशामा झुमेपछि नायक फुयाँललाई पुजनाको नशाले तानेको थियो । त्यसैबिच पुजनालाई घरी आफ्नो नग्न शरीरलाई कम्मलले ढाकिरहेको अवस्थामा देखिन्थ्यो त घरी हिरो अशोक फुयाँलको वरीपरी घुमिरहेको अवस्थामा ।
कथाले मागे अनरुप पुजना तयार भईन्, आफ्नो शरीर हिरो अशोकलाई सुम्पन, त्यसपछि सुरु भयो, एउटा रंगीन रातको शिलशिला, जुन तपाई हेर्दैहुनुहुन्छ ।पुजना र अशोक एक अर्कामा चुर्लुम्म डुबिरहँदा त्यो दृश्यलाई क्यामरामा कैद गर्दै थिए, क्यामराम्यान रामेश्वर कार्की भने निर्देशक राजु गिरी पनि सिनलाई जीवन्तता दिने प्रयाशमा थिए । जवान युवा युवतीको रोमान्स लामै समयसम्म चल्यो । दृश्य बुझ्दा लाग्थ्यो, बेड सिन दिँदा पुजना भन्दा अशोक बढि नर्भस थिए । यो रोमान्सलाई अन्त्य गराउँदै निर्देशक राजु गिरीले कट भने ।
त्यसपछि हामीले नायिका पुजना स्त्रीसँग रक्षाको यस बेड सिनका विषयमा केहि कुरा बुझ्न चाह्यौं । हाम्रो सवाल भुईमा खस्न नपाउँदै उनले भनिन् यो सिनेमा सापेक्ष बेडसिन हो ।
रजतपटमा ग्ल्यामरस छबि बनाईसकेकी नायिका पुजना स्त्रीका निमित्त बेडसिन र किस सिन नौलो होइन । यद्यपी आफ्नो को स्टार नयाँ भएका कारण यसपाली केहि भिन्न अनुभव भएको उनले बताईन् ।
यता, निर्देशक राजु गिरीको अघिल्लो फिल्म बिन्दासमा पनि अभिनय गरेका हिरो अशोक फुयाँल भने फिल्मको कथाले मागे अनुरुपको दृश्य दिनु कलाकारको धर्म भएका कारण आफु रक्षाका निमित्त बेडसिन दिन तयार भएको बताउँछन् ।
अघिल्ला सिनेमाहरुमा प्रायः लभर बवायको चरित्र बहन गरेका नायक फुयाँल रक्षामा भने नेगेटिभ सेटमा देखिदै छन् । चलचित्रभित्रको आफ्नो भुमिका हेरिसकेपछि दर्शकले गाली गर्नेछन्, उनी यसै भन्छन् । फिल्मी कुरा

0 comments

तपाईंको प्रतिकृया