नेपालको शानदार जित, ट्वान्टी-२० विश्वकप क्रिकेटमा स्थान सुरक्षित
बुटवल १२ मंसिर। नेपालले अर्को वर्ष बंगलादेशमा हुने ट्वान्टी-२० विश्वकप
क्रिकेटमा स्थान सुरक्षित गरेको छ । हङकङलाई ५ विकेटले
पराजित गर्दै नेपालले क्रिकेटमा विश्वकपको यात्रा तय गरेको हो ।
बुधबार अबुधावीमा हङकङले प्रस्तुत गरेको १
सय ४४ रनको लक्ष्य नेपालले अन्तिम बलमा ५ विकेटको क्षतिमा भेट्टायो । १८.३
ओभरमा कप्तान पारस खड्का ४६ रनमा आउट भएपछि नेपालको जित अनिश्चित भएको
थियो । सदर भेसवाकरले १ र पारसको स्थानमा आएका प्रदीपले २ रन बनाएपछि
नेपालले १९ ओभरमा १ सय ३१ रन बनायो र अन्तिम ओभरमा नेपाललाई १३ रन चाहिएको
थियो ।
अन्तिम ओभरको पहिलो बलमा सरद भेसवाकरले
छक्का हाने भने दोस्रो बलमा चार रने जोडेपछि नेपालजिततर्फ उन्मुख भयो ।
तेस्रो बलमा १ रन लिएका भेसवाकरले चौथो बलमा रन लिएनन् । त्यसपछि ३ बलमा २
रन चाहियो । तर, चौथो बलमा भेसवाकरले रन लिन सकेनन् भने पाँचौं बलमा १ रन
लिँदै नेपालको रन हङकङको समान १ सय ४३ पुग्यो । अन्तिम बलमा १ रन चाहिएको
अवस्थामा प्लेयर बक्समा रहेका नेपाली खेलाडी र खेल हेर्न उपस्थित समर्थकहरु
हात जोडेर प्रर्थन गरिरहेका थिए । हसेवको बलमा सदर भेसवाकरले १ रन लिएपछि
नेपालले रोमान्चक जितसँगै विश्वकपमा स्थान सुरक्षित गर्यो ।
नेपालका लागि ४३ बलमा २ चौकासहिशत ४६ रन
बनाएका पारस म्यान अफ दि म्याच बने । उपकप्तान ज्ञानेन्द्र मल्लले ३
चौकाससहित ३० रन जोडे भने सागर पुनले २१, सुवास खकुरेलले १६ रन बनाए ।
नेपालका लागि एक मात्र छक्का हानेका सदर ७ बलमा १३ रनसहित अविजित रहे ।
विनो भण्डारीले ७ र प्रदिप ऐरीले ३ रन बनाए ।
यसअघि पहिले व्याटिङ गरेको हङकङले २०
ओभरमा ८ विकेटको क्षतिमा १ सय ४३ रन बनाएको थियो । नेपालका लागि जितेन्द्र
मुखियाले ४ ओभरमा ३२ रन दिएर ३ विकेट लिए भने अविनाश कर्णले २८ रन लिएर २
विकेट लिए । पारस खड्काले १ विकेट हात पारे ।


0 comments
तपाईंको प्रतिकृया