Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
एमाओवादीलाई साथ दिदै कलाकार टोली बुटवलमा

बुटवल २३ कात्तिक– एमाओवादीको चुनावी प्रचार अभियानलाई साथ दिदै नायिका रेखा थापा लगायतको कलाकारको टोली बुटवल आएको छ ।
मेची–महाकाली राष्ट्रिय जनजागरण अभियानलाई सार्थक तुल्याउन कलाकारको टोलीले एमाओवादीलाई साथ दिएको हो । बृहत जनसभामा सहभागी हुनका लागि चर्चित नायिका रेखा थापा, हास्य टेलिश्रृंखलाका कलाकार किरण केसी राता मकै, मुलाको साग लगायतका कलाकार बुटवल आएका एमाओवादीले जनाएको छ ।
मेची महाकाली अभियान जनसभाअघि दिउसो २ बजेदेखि नै ट्राफिकचोकमा केन्द्रीय सांस्कृतिक टिमका कलाकारहरुको उपस्थितीमा सांस्कृतिक कार्यक्रम गरिन लागेकोे एमाओवादी रुपन्देहीले जनाएको छ ।
मेची–महाकाली राष्ट्रिय जनजागरण अभियान टोली आज केही समय पछि बुटवल आउ“दै छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता तथा रुपन्देही क्षेत्र नं। ४ का उम्मेदवार डा। बाबुराम भट्टराई, त्यसैगरी नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, पोष्टबहादुर बोगटी लगायत शीर्ष नेताहरुको साथमा स्थानीय नेता, कार्यकर्ता तथा उम्मेदवारहरुको सहभागिता रहेको अभियान आज मकवानपुरको हेटौंडाबाट शुरु भई बुटवलमा बृहत् जनसभापछि विश्राम लिने कार्यक्रम रहेको छ ।


0 comments

तपाईंको प्रतिकृया